Posted by: GP February 8, 2008
Shame on You Prachanda and Maoist Party
Login in to Rate this Post:     0       ?        

स्थिति उत्तेजित नपारौं ः प्रचण्ड

कास

नेपालगन्ज, माघ २४ - माओवादी अध्यक्ष प्रचण्डले काठमाडौलगायत देशका विभिन्न ठाउ“मा घटेका घटनालाई लिएर स्थिति उत्तेजित नपार्न सम्बद्ध दल र कार्यकर्तालाई आग्रह गरेका छन् ।

काठमाडौमा वाईसीएल र मजदुर संगठनका कार्यालयमा सुरक्षाकर्मीले गरेको खानतलासी र दार्चुला गोली काण्डपछि बिहीबार बा“केको कोहलपुरमा अध्यक्ष प्रचण्डले परिस्थिति नियन्त्रण बाहिर जान नदिन यस्तो आग्रह गरेका हुन् ।

'यस्ता घटनालाई लिएर स्थिति उत्तेजित पार्नु उचित हु“दैन,' प्रचण्डले भने, 'यी घटनाले निर्वाचन र २३ बु“दे सहमतिलाई कुनै असर पादैन ।'

घटनामा गोली लागी घाइते भएकाको स्वास्थ्य अवस्था बुझ्न उनी कोहलपुरस्थित शिक्षण अस्पताल पुगेका थिए ।

प्रचण्डले चुनावको मुखमा दाङ र कपिलवस्तुमा आफ्ना २ कार्यकर्ताको हत्या भएको दाबी गरे । काठमाडौ र दार्चुला घटनाले स्थिति तनावपर्ूण्ा देखाए पनि यसले दलहरुबीचको सम्बन्धमा फरक नपार्ने उनको टिप्पणी थियो । प्रचण्डले दार्चुला घटनामा कांग्रेस नेता दिलेन्द्र बडुका निजी सचिव नरेन्द्र धामीले गोली चलाएको दाबी गरे । स्थिति बिगार्ने काम कांग्रेसले गरेको उनको आरोप थियो ।

Read Full story: http://www.kantipuronline.com/kolnepalinews.php?&nid=136838

As I said before, Prachanda and Hisila Yami comes with the idea that YCL/Maoist have nothing to do with this golid kanda. ... hahah .hahahahah .hahha... Formula No. 2 (Step 2). Deny it.

Wait one more week. He will say, "We will investigate the matter."

GP

 

Read Full Discussion Thread for this article