Posted by: Gautam B. February 8, 2008
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        

एकजुगपछि फेरि गुरुका आँगनमा केहि लेख्न मन लाग्यो।

बूढा घोडाहरुको रेस छ

काठे मुढाहरुको चेस छ

 

योग्यताको कुरो मैले के कोट्याएँ

“हेर, यी पूरै पाकेको केश छ!

 

दास बनाउने ज्यासलमा

विचार निषेध प्रवेश छ

 

भविष्य मारिरहेछ भूत

वर्तमान किन हरेश छ?!

*************************************

 

टाँसिसकेपछि केहि कुरापनि गर्न मन लाग्यो। गजल लेखनको प्रयास मैले यहि धागोमा गरेको हुँ। तर मेरो यात्रा बिल्कुलै अघि बढ्न सकेन जस्तो लाग्छ, कलात्मक हिसाबले पनि र गजलको ब्याकरणका हिसाबले पनि।  नेपे दाइको जस्तो सौन्दर्यबोध, शिरिष दाइको जस्तो गहन वहुआयामिकता र भउतेको जस्तो सरल-सरस सटीकतालाई मानक बनाएर लेख्न थाल्छु म, तर कता के फुस्किन्छ; मेरो लागि यो मनको तितो पोख्ने साधनमात्रै भईरहेछ।

 

Last edited: 08-Feb-08 08:55 AM
Last edited: 08-Feb-08 08:56 AM
Last edited: 08-Feb-08 08:57 AM
Read Full Discussion Thread for this article