Posted by: lopchanlama February 7, 2008
नपढेको कथा
Login in to Rate this Post:     1       ?         Liked by

लघु- कथा- यथार्थ

"हो बौलाएँ। पागाल हुँ।हान मलाई ढुङ्गाले।"

" बोक्सी हुँँ। किच्कन्डी हुँँ। पागाल हुँँ। थुक मलाई।" ओरिपरी झुम्मिएका सज्जन भनाउदा पागलहरु तर्फ छाती पिड्दै चिच्चाउछ " जेठो छोरो आर्मिले मार्यो,माइलो छोरा माओवादीले मार्यो कान्छो छोरा एम्बुसमा मारियो।" प्रतेकको आँखा नियाल्दै " श्रीमानलाई  अपहरण गरी गोली हानी मारियो।"

सुक्क सुक्क रुन्छ अनी जोडले हाँसेर् "छोरीलाई आँगनमा लगेर बलत्कार  गरियो।" अली गम्भिर भएर " मेरा
 साना-साना नातिनिहरु स्कुलमा भिडन्तमा मारियो।हो मेरो नातिनिहरु स्कुलमा मारियो। सुन्यौ तिमीहरुले?" प्रश्न गर्दै "मेरो  परिवार सबै मारियो यो कथित जन्-युद्दमा।"

"हो पागल भएँ यि बमहरुले गर्दा,यी बन्दुकहरुले गर्दा प्रचन्ड बाबुरामको नौटन्की जन्-युद्दले गर्दा।"

चिच्च्याई-चिच्चाई झम्टियर " उठ तिमी जाग तिमी, उठ तिमी जाग तिमी, उठ तिमी ,उठ तिमी, उठ तिमी, उठ तिमी,, उठ, उठ ………………….."

झल्ल्यास हुन्छु आफ्नै खाटमा।

"कती सुती राको यो केटो? कलेज जान डिलो भएन? घण्टा देखी चिच्च्याई रहेछु। होइन के देख्यो सपना?"

"आमा मैले  यथार्थ देखें"

 

Read Full Discussion Thread for this article