Posted by: sarojlover February 6, 2008
HAHA... Hasayo YCL le...वाईसीएल अर्थतन्त्र
Login in to Rate this Post:     0       ?        

वाईसीएल अर्थतन्त्र

घनश्याम ओझा

काठमाडौं, माघ २२ - माओवादीको योङ कम्युनिस्ट लिग -वाईसीएल) का जबर्जस्ती चन्दा असुली, धम्की, अपहरण र यसले कहिलेकाही“ गर्ने सामाजिक कार्यबारे धेरै बोलिएको र लेखिएको छ । देशभरि ४० हजार पर्ूण्ाकालीन कार्यकर्ता परिचालन गर्ने यस पार्टर्ीीे सबैभन्दा अत्याधुनिक र कठोर राजनीतिक संयन्त्रको आर्थिक पक्षबारे विरलै लेखिएको छ ।

कान्तिपुरले उपत्यकाको वाईसीएल नेतृत्वका विभिन्न व्यक्तिस“ग संगठन सञ्चालनका लागि रकम प्राप्तिको स्रोतबारे सोध्न सर्म्पर्क राखेको थियो । सबैको एउटै जवाफ थियो- 'यो जनताको स्वैच्छिक योगदान हो ।' तर यो स्वैच्छिकमात्र होइन ।

वाईसीएल अर्थव्यवस्था बुझ्न सबैभन्दा पहिले प्रत्येक वाईसीएल सदस्यहरूले प्राप्त गर्ने भत्ता तथा खान र बसोबास व्यवस्थालाई

हेरौं । उसले प्रत्येक पर्ूण्ाकालीन सदस्यलाई प्रतिमहिना ५ सय रुपैया“ मासिक भत्ताका साथै खाने र बस्ने व्यवस्था मिलाउ“छ । मानौं एक वाईसीएललाई दैनिक दर्ुइ छाक खान ६० रुपैया“ मात्रै लाग्ने हो भने पनि एक जनाका निम्ति प्रतिमहिना १ हजार ८ सय रुपैया“ खर्च गर्नुपर्छ ।

यो हिसाबले ४० हजार कार्यकर्ताका निम्ति भत्ता र खानासहित प्रतिमहिना ९ करोड २० लाख रुपैया“ आवश्यक हुन्छ । यसलाई एक वर्षो हिसाब गरेर हर्ेर्ने हो भने १ अर्ब रुपैया“ पुग्छ । यसका बाबजुद वाईसीएलले सधैं तैनाथी हालतमा रहेका आफ्ना कार्यकर्तालाई बसोबासका लागि 'ब्यारेक' को व्यवस्था पनि गर्छ ।

आर्श्चर्यजनक रूपमा वाईसीएलका प्रत्येक इकाईहरू 'आत्मनिर्भर' देखिन्छन् । पार्टर्ीी कुनै आर्थिक सहयोग दि“दैन र सम्बन्धित इकाईलाई नै आयआर्जन गर्न निर्देशन दिन्छ । काठमाडौं उपत्यकामा मात्रै १० हजारभन्दा बढी पर्ूण्ाकालीन वाईसीएल कार्यकर्ताहरू यसका ४१ वटा केन्द्रमा तैनाथ छन् ।

वाईसीएलले कसरी आफ्नो अर्थतन्त्र धानिरहेको छ - भन्ने प्रश्न सोध्दा उपत्यका वाईसीएल इन्चार्ज चन्द्रबहादुर थापा -सागर) भन्छन्- 'जनताले स्वेच्छाले सहयोग गरिरहेका छन् ।'

उनी थप व्याख्या गर्छन्- 'जनतालाई माओवादीको समानान्तर सत्ता देशमा विद्यमान छ भन्ने थाहा छ, त्यसै भएर उनीहरूले हामीलाई आर्थिक रूपमा सहयोग गर्छन् ।'

उनले कसरी बालाजुमा स्थानीय व्यक्तिहरूको 'स्वैच्छिक' सहयोगबाट ३ सय वाईसीएल कार्यकर्ताका निम्ति करिब १६ रोपनी क्षेत्रफलमा नया“ संरचना निर्माण भएको छ भन्ने गर्वसाथ बताए । 'जनताले हामीलाई इ“ट्टा, सिमेन्ट र अन्य सामग्री दिए । त्यसबाट हामी हाम्रा कमरेडहरूका निम्ति नया“ आवास निर्माण गर्न प्रोत्साहित भयौं,' उनले संरचना देखाउ“दै भने ।

कपन वाईसीएल इञ्चार्ज प्रताप गुरुङ -मौसम) स्थानीय जनताको 'स्वैच्छिक सहयोग' मा एक सय वाईसीएल रहेको इकाई सहज रूपमा सञ्चालन भइरहेको बताउ“छन् ।

'जुत्ता कारखानाले हामीलाई जुत्ता दिन्छ र अन्य व्यापारी तथा उद्योगपतिहरूले खाना र अन्य सामग्री सहयोग गर्छन् । अझ यहा“का होटलहरूले खुसीसाथ प्रत्येक महिना ३ हजारदेखि ५ हजार रुपैया“सम्म लेवी बुझाउ“छन् । 'त्यसकारण हामीले कुनै किसिमको आर्थिक समस्या भोग्नुपरेको छैन,' जनमुक्ति सेनाको चितवनस्थित तेस्रो डिभिजनका पर्ूवकम्पनी कमान्डर गुरुङ भन्छन् ।

उनका अनुसार 'अपराधीहरू' लाई कारबाही गरेका कारण धेरै व्यवसायी र होटल सञ्चालकले खुसी भएर वाईसीएललाई प्रत्येक महिना 'लेवी' स्वरूप चन्दा बुझाइरहेका छन् । मौसमको टिमले नेपाल बैंक लिमिटेडको सम्पत्तिका रूपमा रहेको गार्मेन्ट फ्याक्ट्री भवन कब्जा गरेको छ । उनी भन्छन्- 'फ्याक्ट्री मालिक लक्ष्मी आचार्य र शेरबहादुर थापाले ऋण चुक्ता गर्न नसकेपछि यो भवन बैंकले कब्जामा लिएको हो ।'

तर बैंकको सम्पत्तिलाई कसरी आफ्नो नियन्त्रणमा राख्न सकिन्छ - भन्ने प्रश्नमा उनी भन्छन्- 'हामं्रो पार्टर्ीी छिट्टै नेपाल बैंकस“ग कुरा गरेर हामीलाई उचित मूल्यमा बिक्री गर्न आग्रह गर्दैछ ।'

फ्याक्ट्री छेउमै मौसमको टिमले एक व्यक्तिको झन्डै दर्ुइ रोपनी जग्गा आफ्ना कार्यकर्तालाई ब्याडमिन्टनलगायत खेल र शारीरिक व्यायामका निम्ति प्रयोग गरिरहेको छ । त्यस जग्गाबारे जिज्ञासा राख्दा उनी भन्छन्- 'एक जनाले स्वेच्छाले यो जग्गा दिएको हो ।' तर ती दाताबारे सोध्दा 'मलाई नाम थाहा छैन' भन्छन् ।

कपनका स्थानीय बासिन्दाहरू आफ्नो क्षेत्रमा भइरहेको वाईसीएल गतिविधिबारे प्रेसस“ग कुरा गर्न चाह“दैनन् । 'यसबारे म केही बोल्न चाहन्न,' स्थानीय एक होटल सञ्चालकले आफ्नो परिचयसमेत दिन अस्वीकार गर्दै भने ।

स्थानीय बासिन्दाको के कुरा, वाईसीएलबारे कुरा गर्न काठमाडौं प्रहरीले समेत अस्वीकार गर्‍यो । आफ्नो नाम उल्लेख नगर्न आग्रह गर्दै काठमाडौंका एक वरिष्ठ प्रहरी अधिकृतले भने- 'जनता वाईसीएललाई रकम बुझाउन बाध्य छन् ।'

विभिन्न स्थानमा सुरक्षा प्रदान गर्ने नाममा वाईसीएलले आफ्नो हातमा कानुन लिएको समेत उनले बताए ।

'वाईसीएलले देशभरि समानान्तर प्रशासन चलाइरहेको यथार्थ हो । हामी उनीहरूका अपराधको रर्ेकर्ड राख्छौं, सरकारले भने वाईसीएललाई कारबाही गर्नबाट हामीलाई रोक्ने गरेको छ । त्यसकारण वाईसीएल संलग्न कुनै पनि अपराधमा हामी आ“खा चिम्लन बाध्य छौं,' उनले

भने । प्रहरी अभिलेखअनुसार काठमाडौं उपत्यकामा मात्र वाईसीएलले २३ स्थानमा आफ्नो कार्यालय सञ्चालन गरिरहेको छ । मीनभवनस्थित ट्रलीबस कार्यालय, हिमाल सिमेन्ट चोभारलगायत सरकारी तथा व्यक्तिगत भवनलाई केन्द्र बनाएका छन् ।

वाईसीएलको भविष्यबारे प्रश्न गर्दा 'दिनेश रायमाझी बटालियन' का पर्ूवब्रिगेडियर कमान्डर सागरले भने- 'हामीले सरकार गठन गरिसकेपछि यसको विघटन हुनेछ ।' त्यतिबेलासम्म चन्दा असुली 'स्वैच्छिक सहयोग' का नाममा जारी रहनेछ ।

Read Full Discussion Thread for this article