Posted by: sajhabusaima February 6, 2008
वाईसीएल र सशस्त्रबीच भिडन्त
Login in to Rate this Post:     0       ?        
वाईसीएल र सशस्त्रबीच भिडन्त
राजधानीका वाईसीएल कार्यलयमा सशस्त्र प्रहरीले घेरा हालेर छापा मारेपछि माघ २३ गते राती राजधानीका बिभिन्न ठाउँमा वाईसीएल र सशस्त्र प्रहरीबीच भिडन्त भएको छ ।

राजधानीका कार्यलय र वासस्थानमा सशस्त्र प्रहरीले घेरा हालेको र छापा मारेको भन्दै माओवादी भात्रृ संगठनले माघ २३ गते रातीदेखि नै राजधानीको सडक ब्यवस्थामा अवरोध प’र्‍याएको छ । राती ९ बजेदेखि वाईसीएल कार्यकर्ताले राजधानीका बिभिन्न ठाउँमा टायर बालेर सडकमा अवरोध पुर्‍याइरहेका छन् ।

२३ गते बेलुका सशस्त्र प्रहरीले वालाजुमा रहेको वाईसीएल केन्द्रीय कार्यलय, ललितप’र ग्वार्कोको वासस्थान, भक्तपुर र काठमाडौ कपनमा रहेको जिल्ला कार्यलयमा घेरा हालेको थियो । बालाजुमा सशस्त्रले कार्यलयमा छापा मारेको र त्यसपछि सशस्त्र र वाइसीएलबीचको भिडन्तमा प्रहरीले तीन सेल अश्रुग्याँस प्रहार गरेको सशस्त्रका एक नायब उपरिक्षकले जानकारी दिएका छन् ।

वाईसीएलले प्रहरी हस्तक्षेपको कारण बताएको छैन भने बालाजु कारवाहीमा परिचालित सशस्त्र प्रहरीले तीन मानिसलाई वाइसीएलले अपहरण गरेकाले उनीहरुलाई रिहा गराउन छापा मारिएको उल्लेख गरेको छ । तर, श्रोतका अनुसार, वाईसीएल बिरुद्ध प्रहरीले सुरु गरेको यो अभियान पश्चिममा नेपाली कांग्रेस नेता तथा पूर्व मन्त्री दिलेन्द्र बढूलाई वाईसीएल कार्यकर्ताले आक्रमण गर्नु र राजधानीमा चन्दा अभियान तीब्र पार्नुसँग सम्बन्धित रहेको छ ।

source: http://www.himalkhabar.com/news.php?id=596

Read Full Discussion Thread for this article