Posted by: mr.jomsom February 6, 2008
देवकोटाको नेपाल
Login in to Rate this Post:     0       ?        
लासको रास

मलामी नपाएका लासहरू
सडकका बिचोबिच भेटिन्छन् ।
सडकका किनारै किनार भेटिन्छन् ।
सहरका गल्लि गल्लिमा भेटिन्छन् ।
ठूला-ठूला घर देखि झुप्रा सम्ममा भेटिन्छन् ।

जिउँदै कुहिएर गन्हाएका लासहरू
सहर देखि गाऊँ सम्म भेटिन्छन् ।
कोठा देखि सिँह दरबार सम्म भेटिन्छन् ।
मैदान देखि पहाड सम्म भेटिन्छन् ।

जन्मदा आमाको पिँडा बढाएकाहरू,
हुर्कदा बाबाको पाऊ थकाएकाहरू,
आमाको ममता पाएकाहरू
बाबाको काँखमा खेलेकाहरू
आज आमाको ममता
अनि बाबाको काँख
बिर्सन सक्ने भएका छन् ।
आमाको पिँडा अनि बाबाको कष्ट
देख्न सक्ने भएकाछन् ।

वाह... वाह...
आज आफ्नै आमाको छातिमा टेकेर
बाबाको टाँउको थिचेर
सगरमाथालाई झुक्न लगाउनेहरू
बैरीलाई हाँस्न लगाउनेहरू
दिनानु-दिन बढिरहेको छ ।
जसरी,
असार – श्रावणको भारी बर्षातमा,
बाटो नपाई मरेका मुसाहरू,
विबेदले मारिएका कुकुरहरू,
यत्र तत्र छरिएर,
जहाँ तहि भेटिन्छन् ।
त्यसरी नै,
मरेर लास सरह भएका छन् ।
मलामी नपाएर यत्र तत्र छरिएका छन् ।
लासको रास थुप्रिएका छन् ।
Read Full Discussion Thread for this article