Posted by: copycat February 5, 2008
My Sansar.com Exposed
Login in to Rate this Post:     0       ?        
साथि हो,
म कहिले पनि त्यो वेबसाइटको सपोटर रहिन, सर्वप्रथम यो स्पष्ट पार्न चाहन्छु । जब जब साझामा त्यो वेबसाइटको चर्चा चल्छ, तब म लौ त्यसमा के लेखेको रैछ भनेर हेर्न मात्र जान्छु । मलाइ त्यो ब्लगमा प्रस्तुत हुने कुनै पनि लेख वा कमेन्ट राम्रो लाग्दैन, तैपनि 'कुरा सुन्नु नराम्रो हैन' भन्ने मान्यता राखेर कसैले मलाइ त्यो ब्लगको अस्तित्व सम्झायो भने हेर्ने गर्छु ।
माथिको चित्रमा भएको कमेन्ट खोज्दै मैले भर्खरै त्यहाँ भएका 'मुख्य प्रिष्ठ' का सबै टपिक चहारेँ  तर त्यो फेला पार्न सकिन । अनि, फेरि राम्रो सँग त्यो फोटोलाइ हेरेपछि http://www.mysansar.com/?p=2335 बाट खिचिएको कुरा देखेँ ।  दोहोर्याएर हेर्दा त त्यहाँ feb 6, 2.44am  मा लेखेको कमेन्ट नै छैन ।  यदि त्यो administrator ले नै लेखेको कमेन्ट हुन्थ्यो भने यति छिटै किन निकाल्थ्यो होला र ?

मेरो सोध-क्षमतामा कमजोरि भए सच्चाइदिनुहोला । यदि होइन भने व्यक्तिगत प्रतिशोधमा यदि यस्ता काम हुन्छन भने तपाइँ उ भन्दा पनि निच ठहर्ने कुरा भनिराख्नु नपर्ला ।

Read Full Discussion Thread for this article