Posted by: shirish February 5, 2008
India will take away all water related projects in Nepal
Login in to Rate this Post:     0       ?        

सिक्टा विवाद कायमै / पाँच करोडको काम रोकियो

कुमार श्रेष्ठ, (बाँके)।
राज्यको आन्तरिक लगानीको सबैभन्दा ठूलो प्रोजेक्ट सिक्टा सिंचाई आयोजनाको विवादले ठूलो रूप लिँदै गएको छ। पाँच दिनदेखिको बन्दले आयोजनामा ५ करोड रुपियाँबराबरको काम रोकिइसकेको छ।

चाइनिज ठेकेदार कम्पनी सिनो-हाइड्रोका मजदुर र नेपाली मजदुरबीच सोमबार झडप भएपछि आयोजनाको काम कारबाही ठप्प भएको हो। दैनिक ७०/८० लाख रुपियाँ बराबरको काम हुने आयोजनामा पाँच दिनदेखि काम कारबाही अघि बढ्न सकेको छैन।

मजदुरहरुले राखेको ३८ बुँदे मागमध्ये तलब वृद्धिको बाहेक अन्य माग पूरा भइसकेका छन्। मजदुरहरुले अहिलेको तलबमा १७ प्रतिशतले वृद्धि हुनुपर्ने अडान राखेका छन् भने ठेकेदार कम्पनीले नेपालको श्रम कानुनअनुसारको रकम दिन तयार रहेको जनाएको छ।

शुक्रबार दलका मजदुर संगठनका प्रतिनिधि, ठेकेदार कम्पनी र मजदुरबीच भएको छलफल पनि बिनानिष्कर्ष नै टुंगिएको छ।

नेपाली मजदुरहरु १७ बाट १२ प्रतिशतमा झरेको र ठेकेदार कम्पनीले प्रतिदिन प्रतिव्यक्ति ५ रुपियाँ बढाइदिने बताए पनि सहमति हुन नसकेको आयोजनाका प्रमुख कृष्णप्रसाद तिमिल्सेनाले बताउनुभयो।

ठेकेदार कम्पनीले शुक्रबार पनि विवाद नमिलेकाले शनिबारदेखि काम थाल्ने दाबी गरेको छ। यता, नेपाली मजदुरहरुले भने कुनै पनि हालतमा काम कारबाही अगाडि बढाउन नदिने अडान राखेका छन्।

ठेकेदार कम्पनीले केही मजदुरलाई साथमा लिएर काम गर्न अगाडि आएमा र अरुको कारणले काम रोकिएमा उसले प्रतिदिन नेपाल सरकारसँग ३० लाख रुपियाँसम्म क्षतिपूर्ति माग गर्न सक्छ।

जिल्लाको ३६ गाविसको ३१ हजार हेक्टर जमिन सिंचाई हुने सिक्टाको हेडवर्क्स निर्माण भइरहेको छ। त्यहाँ ६ सय नेपाली र ४० जना चिनियाँ मजदुरले काम गरिरहेका छन्।

दैनिक भइरहेको छलफलले समस्या समाधान नभएपछि आयोजना प्रमुख तिमिल्सेना राजनीतिक दल र प्रहरी प्रशासनलाई गुहार गर्ने सोचमा पुग्नुभएको छ।

ँठेकेदार कम्पनीले आफ्ना ४० जना चिनियाँ र केही नेपाली कामदारलाई लिएर काम गर्न गयो र हामीले त्यसको वातावरण बनाउन सकेनौं भने उसले क्षतिपूर्ति दाबी गर्न सक्छ’, आयोजना प्रमुख तिमिल्सेनाले भन्नुभयो- ँकाम नगरीकनै ठेकेदार कम्पनीलाई दैनिक ३० लाखसम्म राज्यले दिनुपर्यो भने हाम्रो हालत के होला ?’


Read Full Discussion Thread for this article