Posted by: copycat February 4, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

कुरो मनाशिव छ । मन पर्‍यो मलाई। 

 

 

चौतारी मन्त्रिपरीषद्को बैठक आज पनि आकस्मिक रुपमा बस्न बाध्य भयो! चौतारीका केहि सदस्यहरुलाई चौतारीका नियमित पर्दा पछाडिका केहि पाठकहरुले केहि समय यता गरेका इमेल तथा सल्लाह बमोजिम काम गर्नु पर्ने कुरालाई लिएर चौतारी मन्त्रिपरीषद्को बैठक बस्नु परेको हो। चौतारीमा खट्केका केहि बुँदाहरु-

१) बिगत केहि अंक देखि चौतारी हाम्रो ग्रुपको सन्चो बिसन्चो मात्र सोध्ने थलो जस्तो देखिन आएको छ!

२) चौतारीकै कतिपय सदस्यहरुमा चौतारीमा लेख्ने बाहेकका अरुके खासै चौतारी पढ्दैनन भन्ने कुरा शायद कतै भित्रि अन्तरमनमा हुन पर्छ, जसले गर्दा गफ आफ्नै वरिपरि घुम्छ। जुन नितान्त असत्य हो!

३) चौतारीमा भएका केहि सद्स्यहरु एक आपसमा साँच्चिकै परिचित छन्, तर उक्त परीचय चौतारीमा लेख्ने बेलामा सधैँ देखाउँदा, अपरिचीत साथिहरु तथा पर्दा पछाडीको पाठकहरुलाई चौतारी पढ्न मनोरंजक नहुने र पट्टयारलाग्दो हुन्छ।

यस्तै कुराहरुलाई मध्यनजर राख्दै, चौतारी मन्त्रिपरीषद्ले निम्न निर्णयहरु गरेको छ। उक्त निर्णय मान्नै पर्ने कुनै पनि किसिमको दवाव छैन, तर चौतारीको गरीमा उस्तै रहिरहोस र चौतारी पहिले जस्तै मनोरंजक भइरहोस भन्ने अलिकता पनि मनमा लाग्नेले उक्त निर्णयमाथि बिचार गर्छ नै भन्ने हाम्रो बिश्वास छ!

Read Full Discussion Thread for this article