Posted by: fucheketo February 4, 2008
म भित्रका महरु
Login in to Rate this Post:     0       ?        

भाग-३
बानेश्वरतिर आकाश कालो थियो ,धूवाँको मुस्लोमा । टायरकै हुनुपर्छ ।
"यो देशको ज्वरो पनि कहिले निको हुने हो खोइ ?"
उसले सुस्केराका साथ आकाश नियाल्दै भनी । सुमनले भने जस्तै केटीहरु रहस्यमयी हुन्छन् ।
अहिले सम्म मैले यो केटीलाई यस्तो गफ गरेको सुनेको थिएन ,यसपालि सुनेँ , मैले पुलुक्क उ तिर नियाँले ।
उ यसपालि गम्भिर थिई मेरो नियालाई प्रति अनभिग्य ।
"बाहिर बसेको मान्छेलाइ पनि नेपालको कति माया लागेको ?"
"क गर्नु मन न पर्यो ,माया को कुरामा वशमैँ रहदैँन।"
"तिम्रो काठमाण्डौमाँ कोहि साथि छैन ?"
"तिमी छौ नि के त?"
"छन त छु ।"
"यो शहर मेरो निम्ति तिमी जस्तै नयाँ छ । पहिलेका साथि छैनन् , नयाँ साथि हरु बनाउने प्रयासमाँ छु ।"
पुलुक्क उठेका ठुला  आँखाहरुको मेरो तर्फ नै इशारा थियो शायद ।
उसले शब्दहरु लाई गोल घुम्ति घुमाई ।म सँग शब्द हरु थिएनन उ सँग प्रतिस्पर्धा गर्न , थोरै समय  हामि मौन नै रह्यौँ ।
साँझको बेलामा भित्रको पहेँलो प्रकाश मौनताको पर्यायवाचि बन्यो।

"तिम्रो रिसर्च कहाँ पुग्यो त ?" मैले मौनता चिर्दै प्रश्न राखेँ ।
"भइ राखेको छ , टपिक्स कम्प्लेक्स छ सजिलै कहाँ सिद्दिन्छ र?"म तिर हेरेर मुसुक्क हाँस्दै भनी।
"रिसर्च भने पछि मैले सम्झे ,I have to go now."रिसर्चको टपिक्स मेरो लागि खासै फलदायी रहेन ।
ऊसको त्यहि सिलसिलामा एउटा वकिल भेट्न जानु रहेछ ।
"ठिकै छ नि त ,अरु दिन पनि यसरि नै भेट होला नि त ।"
"यसरि किन ?अब त फिक्स गरेर हुन्छ , अचानक त एक चोटि हुन्छ दुई चोटि हुन्छ तेस्रो चोटि पनि खोजेर हुन्छ ? म विश्वास गर्दिन यस्तो सम्योगमाँ !"
"संसार सानो छ ।"
"मोबायल नम्बर देउ त , एउटी राम्री केटीले मोबायल नम्बर माँग्दैछे ,सोच तिमी कति ह्यान्सम छौ ,"
उसले आफ्नो वा मेरो तारिफ गरेको मलाई छुट्याउन गारो भयो ।
"ओके ,बाई । " मोबायलमाँ आँखा भए पनि ध्यान म तिरै रहेछ ,बिल पे गरे पछि  हामी दुवै बाहिर निस्कियौँ अनि उ बिस्तारै भिँडमाँ हराई ।

 

"ओइ ,हिजो तँ कहाँ हराएको?"भोलिपल्ट अफिस पुग्नासाथ सुमनले खाउँला झै गर्दै सोध्यो।तर यो प्रश्न यस्तो थीयो जस्को लागि म हिजै देखि तयार थियेँ।
अनि धेरै वटा बहानाहरु बाट सर्ट सेलेक्सन गरेर मैले अन्तिम बहाना निकालेको थियेँ ।
"मम्मी क्रिष्ण मन्दिर आउनु भएको रहेछ ,मम्मी सँगै आएँ ।"
"मोबायल स्विच अफ गरेर मम्मी सँग ! तँ त त्यस्तो छैनस् भनेको तँ पनि?"मैले रात भरि सोचेर निकालेको बहाना उसलाई विश्वासिलो लागेन ।म झुट बोल्न माँ साँचै कमजोर छु ।
कतै यस्ले मलाई देख्न त देखेन?मनमाँ उब्जिएको पहिलो शंका नै त्यहि थियो तर मैले आफुलाई दरो बनाउनै पर्ने थियो ।

"मेरो मोबायल स्विच अफ थिएन "म थोरै झर्किएँ ,झुट लुकाउन मैले झर्किनै पर्ने थियो ।
"किन रिसाको त ? यो एन टि सि ले पनि धुरुक्कै पार्छ कहिले काहिँ "
मैले मनमनै एन टि सिलाई धन्यवाद दिएँ ।मेरो कमजोरि को एक मात्र साथि !
"अनि एउटा खबर पाइस ?"
"के?" मेरो प्रश्नमाँ कौतुहलता भन्दा बढी औपचारिकता थियो ।
"तैंले बिराटनगर फेरि जानुपर्ला जस्तो छ ।एम्नेसटि को ह्युमन राइट सँग रिलेटेड सेमिनार छ रे ।मोज गर"
के मोज गर्नु ?यस्पालि यात्रा कटाउन निशा हुन्न ।


निशा धेरै बाँच्छे होला ,मैले सम्झिदा सम्झिदै ऊसको फोन आयो । हुन त मैले ऊ सँग भेटे पछि उसलाई बिर्सेको नै कहाँ छु र !
"खाजा खायौ?" यो यस्तो प्रश्न हो जस्माँ आत्मियता हुन्छ ।निशा बाहेक मलाई फोनमाँ "खाजा खाइस "भनेर मात्र मेरो आमाले भन्नुहुन्छ।
"खाइसकेँ"मैले यता उता नजर डुलाउँदै जवाफ फर्काएँ ।सुमन नजिक थिएन ।
"मलाई दुई चार दिन भ्यालि बाहिर जानु छ ,तिमी सँग भेट्न मन थियो त्यहि भएर फोन गरेको ।"
"कहाँ जाने हो र?"
"एम्नेसटि को ह्युमन राइट सँग रिलेटेड सेमिनार छ रे बिराटनगरमाँ ,फेरि बिराटनगर जानुपर्ने भयो ।किड्न्यापिंग इस्युको बारेमा धेरै कुरा इन्टरिएक्ट गर्न पाउँछु भनेर मैले त्यहाँ जाने प्रोग्राम मिलाएँ ।"
मलाइ मेरो कानमाँ बिश्वास भएन ,उसले फोन नगरेको भए हाम्रो तेस्रो भेट पनि एउटा सम्योग हुने थियो ।
खोइ किन हो बारम्बार ठोक्किरहेका थियौँ उ र म?

क्रमश:

 

 

 

 
Read Full Discussion Thread for this article