Posted by: waka February 3, 2008
Login in to Rate this Post:
0
?
तिम्रो दिलको पोल्टो भित्र छिर्न मन लाग्यो
खोतलेर माया जती चोर्न मन लाग्यो
तिम्रो मनको घुम्टो खोली हेर्न मन लाग्यो
बदलेर दु:ख खुशी कोर्न मन लाग्यो
भाबना फुकाइ,चाहना फिजाइ सङगै बसौ है
हात समाई साथ मिलाइ सङ्गै हिडौ है
तिम्रो दिलको पच्छेउरिमा लुक्न मन लाग्यो
ओढायर न्यानो माया बाँच्न मन लाग्यो
आशा जगाइ सन्सार भुलाई सङ्गै बाचौ है
मन रमाई खुशी कमाई सङ्गै नाचौ है
तिमिलाई मनको चौबन्दिमा छोप्न मन लाग्यो
सजायर मिठो सपना हास्न मन लाग्यो