Posted by: Nepal ko chora February 1, 2008
A whisper...
Login in to Rate this Post:     0       ?        

दीप प्रभो, 
बाढी नै आको त हैन। पहिला देखी अर्को बाधमा जम्मा भको पानी यहाँ साझाको खोलामा आएर बगाइ देको मात्रा हो। त्यो बाध को ढोका अली बढी नै खोलिएछ कि क्या हो, बाढी आको भान भएछ। प्रभो को आगमन ले धागो को शोभा नै बढ्यो।

जिम्माल बा,
खाली एउटै रट लगायो भने सुन्नेहरु को कान पाक्ला कि भन्ने डर ले गर्दा यसो फरक-फरक बिषयमा खुराक पस्किने जमर्को मात्र हो, मेरो। त्यस्तो ब्यक्ती बिशेषलाई बगाउने अभिप्राय मेरो हैन। फेरी अहिले सम्म त्यस्तो कोही बगेको खबर त मैले पाको छैन । कोही बग्न राजी भए त असारे झरी नै पारीन्थ्यो होला नि।   मौका मिले अरु पनि पेल्दै गरम ला नि। यहाँ आएर २ शब्द पोखिदिनु भयो साह्रै खुसी लाग्यो।

तोरीको फूल,
तपाईंलाई कबिता घच्चिको लागेको सुन्दा मन दङ भयो। खै कस्को लागी लेख्या भन्नु  । अब कसैको लागी भै देको भए यस्को लागी भनेर छाती फुकाएर भनिन्थ्यो होला। भावना को पोखरीमा डुबेर ति हरफहरु कोर्दा शायद ऐश्वर्या राइको तस्बिर आँखामा नाचिरको थ्यो क्यारे। अनी फेरी कबिता पढेर त्यस्तो कोही घायल भको खबर त मैले पाको छैन अहिले सम्म।

 

Read Full Discussion Thread for this article