Posted by: भउते February 1, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

क्यार्न घाँटी खस खसायो भनेर यसो चिओ अरेर हेरेओ त यी जिम्माले बुढा लुतो कन्याउँदै चौतारीआँ मेरै कुरा काट्दै रे'छन। कस्ता कस्ताले छोरी दिन आ'थे। कसै सँग फिटिक्क कुराअर्न दे'का हैनन्। १७ लाए देखुनको मेरा कान फुक्न थालेका। बिहानै बिहानै कुकुरले फोहोर खान नपाउँदै झुङ्रुङ झुङ्रुङ अर्दै ढाडाँ च्या्त्तेको दौरा हल्लाउँदै मेरा घराँ अन्मरिनी, अनि त्यो पाँच-मुठे स्टिलको गिलाँस भरी दुध हालेका चाह (चिया) सुर्क्याउनी। अनि दु:ख अरेर आफ्नै करेसाँ ला'का काँचोपातको तमाखू नि थुतुनो डाम्दा सम्म तान्न पर्नी। कहिले काहीँ त तिनका भुँडी चिर्कना पर्दा सम्म भातै ढाडिएर उकालो लाग्नी हुन के रे।  साह्रै असल चिटिक्क परेकी घर अरेर खानी नानी छे भनेर फकाइ फुल्याइ आफ्नै भदैनी भिडाए।  के अर्नु आफ्नो खप्पराँ यै चोथाले गुन्द्रुके लेख्या रे'छ। तिनतारे नढल्किँदै उछुर मुछुर अरेर उठ्छे। अनि यसो दैलोमा पोतो घिसारे जस्तो अरेर डोकोमा टिङ्गुले गाउरी (गाग्री) हल्लाउँदै पँधेरा तिर बाँध्नी हो के रे सधैँ। अनि उतै बाट लखर लखर सब गाम चहारेर तिन दोप्पर भा'सी बल्ल मैयाँ सा'पको सवारी हुन्छ। २ जना मात्र मुन्छे भा'का घराँ के त्यस्तो अधरातै उठेर थनथनाउँन पर्नी काम हुँदो हो र ! त्यसका घाँटीयाँ किल किल किल किल गरेर किलकिले चलबलाउँदो हो। कसका घराँ ग'र मेरा कुरा ओकल्न पा'सि बल्ल हाइसन्चो हुँदो हो के रे। ब्यान उठेर हउन जानी पानी नि ल्याउन नसक्नी भा'सी क्यार्न पँधेरा तिर मस्काउन पर्छ त? मैले चलाएर सकिन्छ जस्तो ला'सि त्यसका झोल खुरुक्क त्यसकै माइतिआँ ल'र भडाराँ साँचो ला'र राखे भो के रे।  हाइँ गएम भने २० लिटरको जर्किनाँ एकै फेर ल्या'का पानीले डिआँलाई कुँडो ख्वाएर नि दिन भरी घरलाई चलाउन पुग्छ।

Read Full Discussion Thread for this article