हाहाहा ठुल्दाई! केहि छैन जिस्क्याको मात्र हो, यस्तो भुलचुक लिनेदिने त मेरो बढि हुन्छ क्या!
भउते उठेछ र अल्छिको पोको फेरि सुतेछ!
बिहे गरेपछि भउतेको के हुन्छ? बिहा हुन्छ, अनि त हरेक बिहान, भउते सिरकले मुख छोपेर गुटुमुटु हुँदा नेपथ्यबाट यस्तो सुनिन्छ-
" मलायाको लाउरे हो छोरि, रानी बना'र सुनले पुरेर राख्छ, भनेर बाउले भन्दा नि एइ बुडो भनेर मानिन! अइले मेरा खप्पराँ कुन जुनिको सराप बोक्नु लेख्या रेछ परमेस्सोरी? घाम टाउकामाथि पुगिसक्यो हाम्रा खसम अझै लम्पसाssर छन्। कुन चाइनि नखरमाउलीलाई देख्या होलान् नि सपनामा! ब्यान उठे देखि बडार कुँडार गर, भात पकाऊ, चोटा कोठा मिलाउ, भकारो सोहोर, सेउला काटेर लेराउ, भैँसि दुहुनु, तिनका टोड्कोमा फेरि नमिठो छिर्दैन, मिठो पकाएर कोच्याउनु! दैब कस्तो पाटे संग परिछु नारन म? आधा दिन सम्म सुतेर उठ्दैनन्, अनि महाराजाले जस्तो चौरासि व्यन्जन चाहिन्छ यिनै सिरिमानलाई! चुठ्या मुख चिसै ले'र तास खेल्न अन्मरिन्छन फेरि खड्केको पसलाँ, मै अभागि रेछु दिनभरि दलिया दलियै गर्ने। आधा दिन सम्म सुतेसि कसरि निद्रा लागोस त राति, अनि फेरि मै दुखिलाई दुख दिन्छन्। यस्ता धम्मरधुसे संग आँखा फुटेर बिहे गरिछु, मैनाको २००० कमाउने उपरसेठ समेत माग्न आ' थे हाम्लाई! काठमान्डुमा दुइतले घर भा' खरसाप पनि माग्न आ' थे, खै मेरा आँखा फुट्या थे कि मेरा बाउका आँखा फुट्या थे, यस्ता महादेव कर्ममा परेछ। ( भउते जिउ मर्काउँदै, ठुस्स मुख लाएर खालि लोटामा गाग्रिबाट पानी हाल्न थाल्छ)....ऊ उठिबक्स्यो हाम्रो सिरिमान्! आधि लोटा पानी लाने त्याँ, घरमा गन्डकि छैनन् हाम्रो, एक घन्टा ला'र पँधेरा बाट ल्याउनु पर्छ।" (भउते चोथाले सिरिमतिको कुरा सुनेर जङ्गिँदै- " चाहिँदैन मलाई तेरो पानी सानी बरु सिस्नुले पुछ्छु!" ( भउतेनि फेरि रनचन्डि हुँदै)- " हाम्ले त बोल्न नि हुँदैन, माराजको कान दुख्छ, पुछ्यौ बुडा सिस्नुले, फोको उठ्यो भनेर फेरि ठाउँ कुठाउँ मैलेइ तितेपाति थिचेर लाइदिनु पर्छ। खुरुक्क, बाहिर बसेर आएर, बसन्ते एक्रोभ्याटाँ ग'र डायथेनेम पैतालिस ले'र आउने त्याँ, बल्ल बल्ल माइतिले दे'का आलुको बिउ लगाको त्यो नि डढुवाले सखाप परिसक्यो! तिम्रा घराँ त आलु खान नि, ससुराली गुहार्नु पर्ने!
(भउते भुनभुनिँदै, लोटा समातेर जनै कानमा हाल्दै बाहिर निस्कन्छ)