Posted by: Deep February 1, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

हैन कसैले मलाई पनि happy birthday भन्दै एउटा धागो खोल्द्याओ न यार--- अनि शुभकामना पनि देओ--- रमाईलो हुन्छ जस्तो छ--- खै के ताल पर्यो कि खुस्कियो आफ्ना त आफन्त नै भएनन गाँठे यो गाममा पनि---

ल ततच्वाँहरुलाई उत्तिकै सम्झना छ आज पनि --- घरमा र मनमा स्वागत छ क्यारे-- पहिला घराँ सबारी होस अनि मनाँ नी राखम्ला बिचार गरेर -- निष्ठुरीहरुको पनि अझै माया लाग्दैछ -- दशा लागेर त होला नी --

पैले पैले आफ्ना हाडीगाउले साथिहरु सँग  बरालिदै हेरेका ति झ्यालाँ नी अचेल त मैयाँहरु सिन्दुर पोते लाएर लाट्ठेसँग देखिन्छन् अरे कैले -- अनि कैले कौसी हुँदी तेल लार बस्या हुन्छन अरे भन्ने खबर आउन थाल्यो टोल छिमेकबाट --

जिन्दगी पनि झुल च्यातेर धोबीखोलाँ माछा मार्न गा ति दिनहरु जस्तै भो नी नारन --- झुल माई च्यातियो -- माछा नी देखिया हुन -- एउटै परेनन नी -- राम!

स्वस्ती गरें सबैलाई।

जय शम्भो!

****************

ठुली त यो पधेंरा तिर आउदैछिन क्या रे हैन? हेर न आशेहरु डिलभरी बसेका -- आलिनै भत्काईसकेछन -- यै तालहो पनि ठुली पनि टिक्दिन धेरै दिन --फेरी ट्र्याजिडीको बादल कालो हुँदै गए जस्तो छ ---

Read Full Discussion Thread for this article