नपढेको कथा
आँह कती मिठो सितल हावा। कुम्लो सिरानीमा राखी पल्टिन्छ सिमलको रुख मुनी भरिया। घरि एता पल्टिन्छ घरि उता पल्टिन्छ। जिउ थाकेको छ, मन दुखेको छ। निदाउन खोज्छ मनमा कुन्नी के कुरा खेलिरहन्छ। छटपटी हुन्छ। टोलाएर एक छिन भिडी सल्काउछ। लामो- लामो सर्को तानेर धुवा आँकास तिर फाल्छ। पिच्च थुकेर अर्को लामो सर्को तान्छ अनी फाल्छ। सलाई इस्टकोटको दाँया खल्तिमा राखेर आँकास तिर मुन्टो फर्काएर पल्टिन्छ। मनमा नाना-भाती कुराहरु खेल्दै थियो एउटा गौथिली भुर्र उडेर आयर बाँया कानमा आएर बस्छ।
"निदाउन सकेन बाबु। चिन्यौ मलाई? म तिम्रो घरमा बस्ने गौथली हुँ। सुत तिमी ।"
पखेटाले हम्काउछ।निधार सुम्-सुमाउछ ।
"अझै निद्रा लागेन "।
"सुन म तिमीलाई आँज नपढेको कथा सुनौछु।"
"एका देशमा एउटा देश थियो। एउटा राजा थियो एउटा रानी थियो एउटा राज कुमार थियो। यो कथा राज कुमार गाँजा खाएर राजा-रानी मारेको कथा पनि होइन।खगेन्द्र सङ्रौलाको सपनिमा आएर राज कुमार रोएको कथा पनि होइन। “
कपाल सुम्सुम्याउदै “माओवादी भिडन्तको कथा पनि होइन । कैयौ आमाहरुको कोख लुटेको कथा पनि होइन्।दिदि-बहिनी बिधुवा भएको कथा पनि होइन। भाई-भाई लडेको कथा पनि होइन। माओवादी-सरकार बार्ताको कथा पनि होइन। ठुलदाईको जहनिया शासन को कथा पनि होइन्।करोडौ जनता सडकमा उर्लेको कथा पनि होइन।
“यो त संबिधान सभाको चुनाव को कथा हो।"
भरिया घुर्-घुर गरेर निदाउछ।