Posted by: jibatma January 31, 2008
100 Nepali workers 'missing' in Alabama
Login in to Rate this Post:     0       ?        

For the root cause of this case..,see the news below.  I hope these dalals should be prosecuted in Nepal and put them in jail..

http://nepalipost.com/nepali/samachar.php?nid=4922

अलाबामाका नेपाली भन्छन् नेपाल फर्कने कुरै भएन नि ऋणमा डुविएको छ


नेपालीपोष्ट प्रतिनिधि

अलाबामा, जनवरी ३०

अलाबामामा राज्यको हन्स्भिलस्थित डीभीडी कारखानामा काम गर्दै आएका तीन सय नेपालीहरुमध्ये बाँकी ६० जनाको संख्यामा अझै सो कम्पनीमा कार्यरत रहेको जानकारी नेपालीपोष्टका लागि स्थानीय पत्रकार सन्तोष पोखरेलले गराउनुभएको छ ।
नेपालका दलाल निलेशकुमार ठाकुर, चित्र केसी म्याग्दी र विमल कार्कीमार्फत सो कम्पनीमा मजदुरी गर्न आइपुगेका नेपालीहरुलाई दलालले काठमाडौंबाट पाकिस्थान हुँदै एटलान्टा आइपुगेपछि मात्र आफूहरु अमेरिका आइपुगेको थाहा पाएको कुरा त्यहाँ आएका नेपालीहरुले पोखरेलसँगको भेटमा जनाएका छन् ।
१६ लाखभन्दा बढी रकम तिरेर प्रतिघण्टा आठ डलरका दरले साताको चालीस घण्टा काम गर्ने गरी आइपुगेका नेपालीहरुले नेपालमा आफू ऋणमा चुर्लुम्म डुवेका कारण अब सात महिने भिसा सकिन र कारखानाले पनि तीन दिन जम्मा २४ घण्टामात्र काम दिन थालेपछि त्यहाँबाट नेपालीहरु भाग्न थालेको जानकारी पोखरेलले नेपालीपोष्टलाई दिनुभयो ।
नेपालस्थित दरवारमार्गमा निर्भना अलाइन्स नामको दलाल केन्द्रमा कार्यरत मुख्य नाइके निलेशकुमार ठाकुर भने हाल अलावामा आइपुगेको र निज ठाकुरले स्थानीय समाचार एजेन्सीहरुमा समाचार निस्केपछि डीभीडी कारखाना र स्थानीय दलालले हराएका मजदूरहरुका बारेमा सोध्दा उनीहरु केही दिन न्युयोर्क घुम्न गएका हुन् फर्केर आउने कुरा बताउन थालेका छन् ।

ठाकुरले त्यहाँ बाँकीरहेका नेपालीहरुको समेत पासपोर्ट माग्दै म तिमीहरुको भिसा थपेर ल्याइदिन्छु भने तापनि बाँकी रहेका नेपालीहरुले निजलाई पासपोर्ट भने नबुझाएको जनाएका छन् ।
स्थानीय नेपाली पत्रकार पोखरेलले दलाल ठाकुरलाई भेट्ने प्रयास गर्दा उनी त्यहाँबाट क्यालिफोर्निया लागिसकेको त्यहाँ रहेका नेपालीले जानकारी गराए ।
स्थानीय तवरमा कोही पनि नबस्ने कामै नलाग्ने अपार्टमेन्टमा प्रति व्यक्ति २ सय २५ डलर तिरेर चार जनाका दरले अपार्टमेन्टमा राखिएको छ । त्यस्तो अपार्टमेन्ट कोही बस्न लायकै नभएको र त्यो भन्दा राम्रो अपार्टमेन्ट सो स्थानमा तीन चार सय डलर प्रतिमहिनामा पाइने कुरा पनि सन्तोष पोखरेलले बताउनुभयो ।
यसरी ती नेपालीहरु नेपालदेखि स्थानीय दलालसम्म पनि अझै डलर बुझाइरहेको समेत पाइएको छ ।
उनीहरुको कारखानामा पुगेर आउने जाने खर्च समेत स्थानीय दलालले खर्च उठाउँदै आएको छ ।
सिजनल एच २ वी भिसामा उनीहरु हाल त्यहाँ आइपुगेका हुन् । एच २ वी भिसा अमेरिकामा सिजनल कामदारलाई दिइने भिसा हो । जुन भिसाको म्याद तीन देखि सात महिने हुन्छ प्रायजसो यस्तो भिसा अमेरिकाका छिमेकी राष्ट्र मेक्सिको लगायतका देशबाट काम गर्न आउने कामदारहरुका लागि अमेरिकी सरकारले दिने गर्छ ।
अब बाँकी रहेका नेपालीहरु पनि त्यहाँबाट भाग्ने तरखरमा रहेका छन् ।
त्यहाँ आइपुगेका सय जनाभन्दा बढी म्याग्दीतिरका नेपालीहरु रहेका छन् । कतिपय नेपालीहरु गाउँबाट काठमाडौं समेत नदेखेका र उनीहरु आफ्नो बारेमा केही बोल्न समेत नचाहनेहरुको संख्या धेरै रहेको कुरा पनि पोखरेलले जानकारी गराउनुभयो ।

Read Full Discussion Thread for this article