Posted by: spreadlove January 31, 2008
आफ्नोपन.........
Login in to Rate this Post:     0       ?        
आज मेरो कोई आफ्नो ले,
कोई आफ्नो गुमायो
मैले सोचें की उस्को कोई
अाखीर मेरो को? मैले को गुमाएँ?

तर जब उस्लाई मैले भेटें
एउटा अनौठो आभास भयो
मेरो लागी त सबै पहीले जस्तै थीयो
तर पनी केही गुमाये सरह लाग्न थाल्यो

उस्का आँखाहरू अझै भीजेका छन्
आज उस्लाई कसै को कमी छ
मैले दुइ घडी उस्लाई साथ दीएं
केही साथ त नीभाये
केही पीडा त चाखें
अनी केही साथ पनी बांधी ल्याएं

जो रहेन, त्यो मेरो कोई थीएन
म त उस्लाई भेटेको पनी थीएन
मलाई उस्सँग बांधीनू पर्ने
केवल एउटा झीनो डोरी थीयो
की त्यो मेरो कोई आफ्नो को कोई आफ्नो थीयो।।।

कसै को भावनाको अावेग मा
जब हामी स्वयम बहन्छौन
उस्को पीडा आफ्नो लाग्न थालछ
यस्लाई शायद आफ्नोपन भन्छन्


।।।।।।लाग्छ आज मैले कोई आफ्नो गुमाएँ?

-sp

Read Full Discussion Thread for this article