Posted by: Amazing January 30, 2008
"अनुराधा"
Login in to Rate this Post:     0       ?        
Dai Sorry, I ve just posted few things here, I hope if you dont mind you will clear. If u think its not necessary just DELETE this post........

राहुलदाइ, तपाइको अनुराधा शुरुदेखी अन्त सम्मनै अती चाख दियर पढे, साह्रै राम्रो, घटना त खासै ठुलो होइन रहेछ, शायद सबैको विद्यार्थी जीवनमा यस्तो घटना हुन्छ होला भन्नाको मतलब कसैले कसैलाई मन परायको हुन्छ, कतिको त इलु लिउ नै हुन्छ लोल, अनी फेरी अर्को थरिको हुन न सुन गाउ टोलभरी हल्ला फैलिन्छ, हाम्रो स्कुलमा पनि धेरै नै थिय यस्ता घटनाहरु। मेरो बिचारमा तपाईंले अनुराधालाई एक असल साथीको दृष्‍टिले मात्र हेर्नुभयको थियो र तपाईंले पनि त्यही नै गयर कुरा टुङ्याउनु भयको छ।

तर यदी तपाईंलाई उहा प्रती कहिल्यै पनि माया भन्ने फीलिङ नै आयन, अथवा तपाईंको अरु कारणले गरदा त्यस्तार्फ सोच्ने फुर्सद नै नभय पनि, यस्तो गाउभरी, टोलभरी तपाईं २ जनाको हल्ला हुँदा तपाईंले उहालाई एक पटक भयपनी सबै कुरा अती नै राम्रो सँग खुलेर किन नभन्नु भयको? तपाईंले नै भन्नुभयो कि दुबइ जनाको बारेमा नानाथरिका हल्ला हरु समाज भरी फैलियको थियो, अनुराथाको पढाई बिग्रनुको एउटा कारण त्यो पनि हुन सक्थ्यो, के त्यो बेलामा यदी मनमा त्यस्तो भावना नै नभयपनी, तपालाई त थाहा थियो, किन उसको कुरा नबुझ्नु भयको? हुन त केटी मान्छेहरु मनको कुरा सिधै कहाँ भन्न सक्छन र ?

अनी अर्को कुरा, बिनोती भाउजु पनि एकै स्कुलको भनेपछी, के तपाईंले भाउजुलाई स्कुल्देखिनै मन पार्नु भयको थियो कि? अनी इलाहाबाद चिट्ठी पठाउदा पनि शायद तपाईंले एकदम क्लियर भयर लेख्नु पर्थ्यो नि, १००% कुर छर्लङ हुने गरी।

तपाईंको बिहेमा अनुराधा आउनु र बिनोती भाउजुको तर्फ नाऔनु खासै ठुलो कुरो जस्तो लागेन मलाई, किनकी तपाईंले नै भन्नु भयो नि, दुई जना साथी हुन तर अती मिल्ने होइन भनेर, अझ त्यसइमा आफ्नो पहिलो प्रेमलाई त्यसरी अर्काको पोल्टोमा परेको कुन नारिले सहन सक्ला र हिन्दी फिल्म्को नाटकमा बाहेक

------------
But Story was WONDERFUL
Read Full Discussion Thread for this article