Posted by: Rahuldai January 29, 2008
"अनुराधा"
Login in to Rate this Post:     0       ?        

झिल्के ब्रो,
समय मिलाएर लामो गन्थन पढिदिनु भएकोमा आभारी छु।
अब धेरै कुर्नु पर्दैन। छिट्टै राख्ने छु।

बिर्खे जी,
मेरो मनमष्तिस्कमा कोरिएको "बिबाह" त्यही हो। नगरपालिकामा दर्ता गरिने कागजको खोस्टो त न्यायपालिकामा च्यातिन सक्छ।

दीपिका जी,
धन्यबाद। मनले लेखेको थिएं, मन छुने भे छ, त्यसैले तपाईको टिप्पणि पनि मन पर्‍यो।

नेप्चे ब्रो,
खै के भनुं, तपाईं को टिप्पणीलाई सलाम गर्छु।

pjna007 जी,
खै त्यो रहस्य मलाई नि थाहा भएन, नारी मनले खोज्न सक्किएला कि? आफु पुरुष परियो।

उफ्री जी,
अलि मिलेन कि, प्रेम पनि राहुलदा ले जस्तै गर्नु, प्रेम गरेको हो भने बिहे पनि राहुलदा कै जस्तो गर्नु। खै कुरा बुझेको , खाली हल्ला खल्ला गरे केही हुन्छ?

मास्टरनी नानी,
तपाईंको सुझाव शिरोधार्य छ नै, अझै कमि कमजोरीहरु होलान्, धक नमानी लेख्नु होला।

चित्रे जी,
गज्जब त के थियो र? सदा झै चिलिम् ब्रेक कै कमाल हो, बबाल हो। तारेमाम्।

अन्त्यमा सम्पूर्ण पाठक एवं शुभचिन्तकहरु प्रति हार्दिक आभार प्रकट गर्दै आगामी अंक अन्तिम अंक हुने ब्यहोरा अनुरोध छ।

Read Full Discussion Thread for this article