Posted by: Gazadi January 29, 2008
वृद्व दम्पतीको बिचल्ली
Login in to Rate this Post:     0       ?        

 नेपाली,प्रेम.वृद्व दम्पतीको बिचल्ली.01-29-2008.Kantipur Publications Pvt. Ltd.01-29-2008<http://www.ekantipur.com/>
 सुरक्षा फौजद्वारा पा“च वर्षघि छोराबुुहारीको हत्या गरिएपछि यहा“का एक वृद्ध दम्पतीको बिचल्ली भएको छ ।

दुुरान फर्काउन ससुुराली जा“दा माओवादीविरुद्व र्'र्सच' मा खटिएको फौजले पार्चे-७, सिक्लेस, धपराङका टीकाराम परियारका छोराबुुहारीको गोली हानी हत्या गरेका थिए । बुुढेसकालको सहारा गुुमेदेखि टीकाराम गाउ“मै बराजुुको घरमा गोठालो बस्दै आएका छन् भने ५५ वषर्ीया श्रीमती मनकली पोखरामा मजदुुरी गरेर बसेकी छन् ।

बिहेपछि दुुरान फर्काउन ससुुराली पुुगेका उनका २० वषर्ीय छोरा खिमबहादुुर र १७ वषर्ीया बुुहारी अनिताको २०५९ साल जेठ ४ गते हत्या भएको थियो । सैनिक टोलीले माओवादी आशंकामा सैमराङ-५, खिमाजीस्थित घरमा उनीहरूलाई गोली प्रहार गरेको थियो ।

घटनाको यतिका वर्षबित्दा पनि क्ष्ँतिपर्ूर्ति लिने स्थान र तरिकाबारे जानकारी नहुु“दा पीडित परिवारले राहत पाएका छैनन् । 'नपढेको मान्छे कहा“ जाने कसलाई भन्ने केही थाहा छैन, तिमीहरूलाई गाह्रो भयो भनेर कसैले अहिलेसम्म एक रुपैया“ पनि दिएका छैनन्,' मनकलीले विवाहपछि खिचिएको छोराबुुहारीको तस्बिर देखाउ“दै बिलौना पोखिन्- 'आफ्नो भन्ने केही छैन, बूढा गाउ“मा गोठालो बसेका छन्, म यहा“ अर्काका घरमा मजदुुरी गरेर बा“चेकी छुु ।'

उनले छोरालाई विदेश पठाउन गाउ“मा खोजेको डेढ लाख ऋण तिर्न नसक्दा परिवारको बिचल्ली भएको बताइन् । 'केही कमाएर पठाउला र सुुख होला भनेर ऋण गरियो,' मनकलीले रु“दै भनिन्- 'पर्सि विदेश जानुुछ दुुरान गएर भोलि नै र्फकन्छुु भनेर हि“डेका छोराबुुहारी उतै मारिए भन्ने खबर आयो ।'

घटनाको केही दिनपछि खबर पाएर जा“दा छोरा र बुुहारीको शवमा एकसरो कपडामात्र फेलापरेको र भएको पैसा र गहना लुुटिएको उनले बताइन् ।

उनले भनिन्- 'मार्नेले बुुहारीको कान च्यातचुुत पारेर गहना लुुछेर लगेछन्, छोराको खल्तीबाट १५ सय झिकेर नजिकै गाउ“मा बाख्रा किनेर उनीहरूले खाएको गाउ“लेले सुुनाए ।' (this is too much)

अनौपचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) पोखराका संयोजक मधुु पन्थीले खिमबहादुुर परियार र उनकी श्रीमती अनितालाई सेनाले हत्या गरेको रर्ेकर्ड आफ्नो कार्यालयमा सुुरक्षित रहेको बताए ।

Read Full Discussion Thread for this article