Posted by: Rahuldai January 29, 2008
-- चौतारी - ९६ --
Login in to Rate this Post:     0       ?        

माया गर्ने को चोखो माया पनि देखियो,
बाचा गर्नेको बाचा बन्धन पनि देखियो।
माया गर्ने को चोखो माया पनि देखियो।

फूल सुकुमार छ, निष्पाप छ, कोमल भन्थे।
फूलको धारले रेटेको पनि देखियो,
बाचा गर्नेको बाचा बन्धन पनि देखियो।


रोई रोई न छुटिने कसम खानेले,
हाँसी हाँसी कसम तोडेको पनि देखियो,
माया गर्नेको चोखो माया पनि देखियो। 


 प्रेम बरदान् हो, दुइ आत्मको संगम भन्थे,
कोइ कोइले त आत्म बेचेको पनि देखियो,

बाचा गर्नेको बाचा बन्धन पनि देखियो।


सबको भगवान छ, भगवानले हेरछन् भन्थे।
तिम्रो भगवानले हेरेको पनि देखियो।
माया गर्ने को चोखो माया पनि देखियो।

Read Full Discussion Thread for this article