Posted by: mr.jomsom January 27, 2008
देवकोटाको नेपाल
Login in to Rate this Post:     0       ?        
आवाज सुनसानको

कोहि आयो,
अह होइन ।
ढोकाको आवाज,
त्यो पनि होइन ।
अनि के भएको त यो,
केहि पनि होइन ।

जवाफ पनि अजिवको,
केहि नपाएर झाडा टार्न गरेको नाटक जस्तो ।
कस्तो यो बिचित्रको शहर,
सबमा स्वार्थको मात्र रहर ।

अरे बावा
मेरै ढोकालाई
अधिकार छैन कराउने ।
मैले त स्वतन्त्र नै राखेको छु ।
सायद स्वरुप नै यसको भयङ्कर छकि ।
मानवको अगाडि दानव पो हुन्छ कि ।

उ,
भर्याङमा पदचाप सुनियो ।
साँच्चै अब त,
ढोका कराउनेछ ।
कराएर मलाई बोलाउनेछ ।

होइन,
यो ढोका लाटो भए जस्तो छ ।
मस्तिस्कले ठाउँ छोडे जस्तो छ ।
म त यसलाई,
उघारेरै हेर्छु ।
अह हुदैन,
ढोकाको मर्यादा तोडिन्छ ।
Read Full Discussion Thread for this article