Posted by: Amazing January 27, 2008
ROSE- यो Thread तीम्रो नाममा
Login in to Rate this Post:     0       ?        
Contd...........हाम्रो पनि मनै त हो पार्वती - ७


पानी चुहेर कक्षानै पोखरी जसतो हुन्थ्यो। पानी सँग मेरो मित्रताको दिन स्कुले दिन देखी नै हो

 

हल्का सिम्सिम पानी ले गर्दा आजको काम पेन्टिङ पनि नहोला जस्तो , बजे लन्च प्रोग्राम , एक घण्टा फ्री Cathedralको बारेमा पढ्नु भनेर केही पर्चाहरु दियो, सबैजना साथीहरु एुऊटा कुनामा छन, रसियनले जर्मन् च्यापे जस्तो जुन कुराले मलाई अप्रथयाक्ष फाईदा नै पुग्ने देखियो,  स्रिलन्कन, डिम्पल रोज जोक गरिराछन, सर्बियन, अमेरिकन बाँकी फोटो खिच्न मै ब्यस्त छन।

 

रोजलाई एक नजरले हेरे, झन झन सुन्दर हुँदै छे, फेयर एन्ड लभली को फेयरनेस क्रिम लगाउनै नपर्ने ,हुन डिम्पल  पनि कम थीइन, हेर्दा हेर्दाइ डिम्पल सँग आएर भनी ‘We r goin for shoppin, wanna join?’ जस्ता तस्ता उस्को डिम्पल देखेर नै खुत्रुक्क हुन्थे होला, भगवानले दियकै हुन मोरिलाई गालाको बिचमा त्यो मोहनी लगाउने खोपिल्टो

 

केटीहरुलाई पनि बेला कुबेला शपिङ जानु पर्ने, तर चुप लागे, त्यस्तो स्तिथिमा केही बोल्नु ठुलो गल्ती हुन्थ्यो, आफुले खानेको खाडलमा आँफै  जाकिन मन  छैन भने  जीवनमा दुइवटा कुराहरु केटीहरुलाई भुलेर पनि नभन्नु ‘You look fat’ ‘Don’t go shopping’. मलाई खासैजाने मन थिएन तर त्यहा बसिरहन पनि मन लागेन, ठिटिहरुको पछी पछी लागे, लेस्टर पनि यसो घुम्नु थियो। आज यो मौसमले पनि साथ दियको 'आज मौसमा बडा बेइमान है, आनेवाला कोइ तूफ्यान है' भने जस्तो

 

दुई चारवटा मलहरु घुमियो तर ठिटिहरुलाई भने पाउन्डको समान किन्न हजार पाउन्ड्को कच्कच, साह्रै नहुने यार तर धन्न एउटा शो रुममा केटाहरुको लागि भनेर अलग्गै Big Screen TV को व्यवस्था रहेछ, मजाले फुट्बल हेरर्दै बसे। यही मौकामा ले पनि एउटा शपिङ गरे England लेखेको No 4 , को जर्सी किने, Stephne Gerrad लिभरपूल्को क्यप्टेन अनी उसको ठुलो फ्यान। यस्को पछाडि पनि कारण , २००५ को Championship league फाइनलमा AC Milan बिरुद्द फस्ट हाफमा -0 ले पछी परेर पनि Liverpool ले फुटबल ईतिहासकै एक उत्कृष्ट Comeback गरेको थियो, अहिलेसम्म मैले त्यती Exciting फुटबल हेर्न पायको छैन। त्यो म्याच सकियपछी कोठामा एक्लै चिच्याको थिय, मेरो अपार्ट्मेन्ट मेट पनि एक्लै त्यसरी नै चिच्याउदै रहेछ, हा हा हा पछी पो थाहा भयो

 

हामी 3 जना भिज्दै भिज्दै Cathedral फर्योउ, चिसो चिसो मौसम थियो, रोजको कपाल हल्का िजेको थियो। यतिबेला सम्म शायद डिम्पल्लाई मेरो रोजप्रति एक्तर्फी झुकाव भयको शन्का पैसाकेकी थिई, बेलाबेलामा 'Rose, Yu have to visit us after workcamp’ भन्दै झट्का दिन्थी। रोज साह्रै नै मजाकी केटी थीइ, प्राय मुसुक्क हास्थी अनी कुनै कुरा इन्कार नगरने, पानी अली जोड्ले बर्सिन थाल्यो,  रोज चाइ Oh no भन्दै सलक्क परेको सिल्की कपाल मन्दाकिनी स्टाइल्मा झट्कारी, यता आफ्नो भने हालत खराब भाईसक्यो    'बर्षात मा तिमी रुझ्दा झरी बनु लाग्यो, केशबाट तप्प चुइने पानी बन्यो लाग्यो' भन्ने गीत झलक्क सम्झे' ढकाल सरले गीत भने गायकै हो यार.

 

रोज हिजो रातिका कुराहरु सकेसम्मा नानीकल्ने पक्षमा थियोउ, हुन के नै भयको थियो , युरोपइयन लाइफमा यो सामान्य नै थियो तर भने केही भुल्न सकेको थीइन, कतिबेला रोजसँग एक्लै कुरा गरु जस्तो भै एस्अकेको थियो तर चान्स नै नमिल्ने।

 

लन्च पछी पानरोकियन, त्यसैले अब हामीलाई त्य्हा भित्रै केही सामान्य काम दिय, आजको ग्रुपमा अमेरिकन सँगइ परेका थियौ। सँग मेरो hi hello मात्र चलेको थियो, अहिलेसम्म अमेरिकनहरु सँग खासै संगत गर्ने मौका मिलेको थिएन,

Read Full Discussion Thread for this article