Posted by: mr.jomsom January 26, 2008
देवकोटाको नेपाल
Login in to Rate this Post:     0       ?        
फरक उस्को र मेरो

ऊ धर्तीमा उभिएर,
एकोहोरो आकाश तर्फ बढिरहेको छ ।
म धर्तीमा उभिएर,
अघि पछि दायाँ बायाँ गरिरहेको छु ।

ऊ आफ्नो जीवन बिताउदै छ ।
म आफ्नो जीवन बिताउदै छु ।
ऊ आफ्नो भविश्य खोज्दै छ ।
म आफ्नो भविश्य खोज्दै छु ।

थाहा छैन मलाई,
ऊ किन शुन्यता तर्फ दौंडदै छ ?
मैले त केहि पनि देख्दिन् ।
किन ऊ त्यसरी लालायित छ ?
विशाल आकाशको स्पर्श गर्न ।
के त्याहाँ स्वतन्त्रता छ ?

थाहा छैन् मलाई,
म प्रति उसको सतर्कता कति छ ?
म त हरपल उसलाई हेर्ने गर्छु ।
के उसलाई थाहा होला ?
मेरो अवस्थाको बारेमा ।
मेरो वरिपरी के के छ भनेर ?

तर वास्तविकता,
याहाँ स्वतन्त्रता छैन् ।
विल्कुलै छैन् ।
शोषण र दमन छ ।
भोग र पीडा छ ।
दु:ख र रोग छ ।
तर.. आनन्द पनि छ ।
जव कदर हुन्छ पसिनाको ।
आनन्द पाईन्छ मिठो फलमा ।

वास्तवमा,
उसको र मेरो फरक भनेको ।
ऊ दाऊरा भई खरानी हुन्छ ।
म लास भई खरानी हुन्छु ।

त्यसैले,
अन्त्य हाम्रो एउटै हो ।
खरानी भई धर्तीमा समाहित हुने ।
मृत्युलाई आलिङ्कन गर्ने ।
Read Full Discussion Thread for this article