Posted by: mr.jomsom January 26, 2008
देवकोटाको नेपाल
Login in to Rate this Post:     0       ?        
आखिर कस्का लागि ?

कुनै बेला मात्र ठेस लाग्दा,
भयभित अनुहार लिई,
डरको अघि भागेथे ।
गला नै फाड्ने गरि चिच्चाएथे ।

रसाएका मेरा आँखाहरू,
ओइल्याएर थकित देखिन्थे,
एउटा सहारा पाउने आँशमा ।
अनि, एक्लोपनको आभास हुदा,
‘आमा आमा’ यी शब्दहरू,
हृदयको अन्तसकरणबाट प्रस्फुटन हुन्थ्यो ।
वातावरण नै गुञ्जायमान हुन्थ्यो ।
मानौं जानेका शब्द यिनै हुन् ।
सधैंको सहारा यहि हो ।
कत्ति प्यारो लाग्थ्यो ।
कत्ति आत्मियता बढ्थ्यो ।
अनि कत्ति उत्साहित हुन्थे ।
उच्चारण यी शब्दहरूको गर्न पाउदा ।
भयभित मनलाई सान्त्वना हुन्थ्यो ।
हराएको साहस पाए जस्तो ।
अनि उत्साहित पाईलाहरू आकाशमा हुन्थे ।
कमलो भिजेको धर्तीले शान्तिको कामना गर्थ्यो ।

तर,
बिधिको बिडम्बना भनौं या
कुसस्कारको विकाश या
असाधारण महत्वकांक्षा ।
दिन प्रति दिन,
केहि न केहि भएकै छ ।
कोहि न कोहि मरेकै छ ।
एक धर्तीका सन्तान नभएको जस्तो ।
धर्ती माथि नै सौता हाले जस्तो ।
एउटा सुशिल धर्ती अहिले, विधुवा बनि सकेको छ ।
आफ्नै रगतले लत्पत्तिएका छन्, सेता फरियाहरू ।
सुन्दै कहाली लाग्ने आवाजहरू,
आज मस्तिष्क नै स्तब्ध हुने गरि,
आधा आँखा बाहिर आधा भित्र,
अडिएका आसुका थोपाहरूले,
अवश्य पनि केहि मागेको हुनु पर्छ ।
नत्र लुकिएको वेदनाहरू आँखामा किन अडिन्थ्यो ।
निक्लिएको आवाजहरू गलामा नै किन रोकिन्थ्यो ।

तर,
अहिले यहाँ बुझ्ने व्यक्तिको कमि छ ।
एउटा ठोस नितिको आवश्यकता छ ।
कालो भन्दा कालो बादल,
ठुलो पहिरो लैजानलाई,
धर्तीलाई जर्जर बनाउनलाई,
मडारिरहेको छ धर्ती माथि ।
तर अफसोच,
हिजो सम्म आमा आमा भन्ने आवाजहरू,
आज अवाक छन् ।
रगत बगाउदै र बगाउन बाध्य गराउदैं ।
Read Full Discussion Thread for this article