Posted by: Rahuldai January 25, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        
आज हाम्रो खैर्‍या पाक्षिक स्वस्थानी कथा भन्ने सुन्ने पालो। अर्थात तात्तोनछारो कुनै जर्नल को ( कर्नेलको भाई हो कि दाई) रिसोचलाई पढेर, गुणेर सुनेर, आलोचना समालोचना बिबेचना गर्ने कार्यकरम थियो। हैन यो खैरे खैरेनीलाई पनि नेपाली रोगको सरो कि क्या हो। चाहिने नचाहिने बिषयमा आलोचना, आत्माआलोचना गर्ने चलन आएछ। आफु त इलाहाबादी स्टाइलमा बसियो। चुपलागेर बसियो। इनर्जी बचाइयो। ग्लोबल वार्मिङ् घटाइयो। टन्टा साफ। घण्टा बिताइयो।
तारेमाम्।
Read Full Discussion Thread for this article