Posted by: भउते January 24, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

ए हर्क बहादुर-जी, आउनु भो?  नमस्ते है !

हैन, आउन पा'छैन के को पाखुरा सुर्का-सुर्की हो भन्या। यसो चिनजान अर्नु परो, मीठा मीठा बात अर्नु परो। अनि पहिले त दोष्ति बढाउनु परो नि गाँठे। अब मुन्छेइ नचिनी कुस्ति खेल्दा चैँनि हउरको क्यै तल-बितल पर्यो भने कसलाई बुझाउनु !  à¤…ँश खानी चैँनि कोइ छन् कि छैनन, बुझ्नु परो। त्यै भ'र पहिला मजाआआआआआले चौतारीका मीत्रहरु लाई मीठा मीठा गफ सुनाउनुस। चिन जान पनि अरम। यसो २-३ घ्याम्पो तिनपाने मिलेर सक्काउनु परो।  à¥¨-४ वटा कविता जाओस। अझ नयाँ सदस्यले त आएपछि कम्तिमा नि ८-१० भागको धाराबाहिक कथा सुनाउनु पर्ने हो के रे।

अझ सप्पै भन्दा अगाडि त साझाको त्यो तल भा'को युनिकोड प्रयोग गरेर आफ्नै भाषा-अक्छेरमा लेख्न सिक्नु भए झन कति मज्जा आउँदो हो भन्छु के रे।  à¤…ब दाँत झार्नी कार्जेक्रम त अर्दै-अरम्ला नि। तिनपानेले छुँदै गएपछि यसो हाँसो ठट्टामा गाला थपथप्याउँदा नि झर्छ हउ १-२ टा दाँत त।

Read Full Discussion Thread for this article