Posted by: भउते January 23, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        

हैन यी तुलसीको मठाँ तेर्स्याएर सुनपानी ख्वाउन पर्नी बेला भा'का जिम्माल-बुढालाई खुरुक्क रामनाम जप्दै नपसारिएर अधराताँ कता चौतारीतिर मस्काका हुन त नि ! भाभीले बट्याएर छुटेका फुटेका दाँत बटुलेर आफ्ना गिजाँ टाँस्न भनेर आ'का हुन कि के हो ?

भाभी-जी, अब हउरले नै आफ्ना दाँत किरा ला'छन फेर्नु परो भन्नुभा' हैन त ? फेर्नी भने'सि पैला राख्नी ठाम खाली अर्न परेन र भन्चु र ! त्यै दातका माथि चाँगेर पर्खाल लाउनि त पक्कै हैन होला के रे।  फेरि कौडालाई त एकातिर कालो भा'को दाँत चाहिन्छ। त्यसैले हउरको किराले खा'को दाँत नै खास्सा हुन्छ के। अब मेरा यी राम्रा मसिना लहरी परेका दाँत के काम। फेरि आफ्नु दाँत आफै झार्न नमिल्नी रे'छ, मेरा दाँत झार्नी माइकेलाल कतै जन्म्याछ जस्तो नि लाएन के।

अन्तरेदा',  भो नाप्पियो ! oh go on खुबी भा'का भे' त भाउजुलाई फूर्ति देखाउन भा'नि अगि सर्दा हौ नि। भाउजुका अगाडि आफ्नै घ्याम्पो टेबलाँ बज्रेला भनेर डरले चुप्प लाएर बसे, अझ अहिले आ'र म बोर्डर काटेँ भन्नी पक्का भे'सी फूर्ति लाउनी।  

हर्कबा'दुर, कुन कुन दाँत इन्सुरेन्स अर्याछौ देखाउ त पैले। सुन पनि बाँधेको रे'छ दाँतमा। किरा ला'को दाँत छोडेर तिम्रा सुन बाँधेका दाँत तिर हान्न परो जस्तो छ। एकै फ्वाकमा २१ हजार झर्ने रे'छ। १० डलर पोइन्ट खेल्दा मेरिज परे जस्तो हुने रे'छ तिम्रो दाँतमा हान्न पाए र।  नेपालाँ त सुन महकिएर तोलाको २१ जहार पुग्याछ अरे के रे।  

सब्भन्दा राम्रा दाँत त लहरेको रे'छ कि के हो? सदैँ यति बेला भेँडियो बोकेर आउँथ्यो, आज त बेपत्ता भयो त, यहाँ दाँत झार्ने मेला लागेको छ भनेर भा'गेको जस्तो छ।

Read Full Discussion Thread for this article