Posted by: geda_gudi January 23, 2008
YCL YCL YCL...Bastards
Login in to Rate this Post:     0       ?        
WHOM SHOULD I BELIEVE!!!??? BBC or Kantipur???

सिरहामा ज्वालासिंह समूहका तीनजनाको हत्या
 
पूर्वी तराईको सिराहामा तीनजनाको शव हत्या गरिएको अवस्थामा फेला परेको छ।

मारिनेमा सशस्त्र विद्रोह गर्दै आएको जनतान्त्रीक तराई मुक्ति मोर्चा ज्वाला सिंह समूहका कार्यकर्ताहरु रहेका सुरक्षा अधिकारीहरुले बताएका छन्।

तीन दिनअघि सिराहाको विष्णुपुरबाट बेपत्ता पारिएका सत्यनारायण यादव, नेमकुमार ठाकुर र रामएकवाल यादवको हत्या गरिएको प्रहरीले जनाएको छ।

‘आन्तरिक विवाद’

प्रहरी उपरीक्षक मि‌ङ्‌मार लामाका अनुसार सिराहाकै कमला नदीको किनारमा धारिलो हतियारले रेटेर हत्या गरिएको अवस्थामा उनीहरुको शव फेला परेको थियो।

आन्तरिक विवादका कारण उनीहरुको हत्या भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

नजिकैको सप्तरी जिल्लामा एकजना बैंक कर्मचारीको हत्या भएको भोलिपल्ट तीनजनाको शव फेला परेको छ।

तराईमा लगातार हिंसात्मक गतिविधि बढेकोमा मानवअधिकारवादी संस्थाहरुले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगले तराईको सुरक्षास्थिती सुधार गर्न सरकारलाई सुझाव दिएको छ ।

गृह मन्त्रालयले पनि तराईको सुरक्षा सुधार्न र कर्मचारीको सुरक्षाको लागि रणनीति बनाउन स्थानीय प्रशासनलाई निर्देशन दिएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

दावी

एउटा छुट्टै प्रसंगमा सोमबार राती खोटाङका तीन वटा प्रहरी चौकीबाट हतियार लुटेको जिम्मेवारी मंगोलियन अर्गनाईजेनशन नेपाल नाम गरेको नयाँ भूमिगत संगठनले लिएको छ ।

स्थानिय संचारकर्मीहरुलाई टेलिफोन गरी उक्त समूहले घटनाको जिम्मेवारी लिएको ती संचारकर्मीहरुले बताएका छन्।

सो समूहले आठ थान बन्दुक, पाँच सय थान गोली र संचार सेट लुटेको थियो।

http://www.bbc.co.uk/nepali/news/story/2008/01/080123_security_strategy.shtml




 
 
Last edited: 23-Jan-08 04:48 PM
Read Full Discussion Thread for this article