Posted by: BKMailo January 23, 2008
BHOJPUR
Login in to Rate this Post:     0       ?        

SAD NEWS

डुबेकी बालिका मृत

काठमाडौं, माघ ८ - प्रहरीले तीनकुनेस्थित वाग्मतीमा डुबेकी बालिकालाई मंगलबार मृत अवस्थामा फेला पारेको छ । बालिका भोजपुर होमताङ-७ का पहलसिंह र्राईकी आठ वषर्ीया छोरी रविना हुन् ।

स्थानीय एक बासिन्दाले सोमबार दिउ“सो एक बालिका नदीमा डुबेको देखेपछि खोजी तीव्र पारिएको थियो । प्रहरीले डोजर प्रयोग गरी २८ घन्टापछि फोहोरको लेदोमा भासिएको अवस्थामा बालिकाको शव निकालेको हो ।

सोमबारै खोजी गर्दा नभेटिएपछि र्सवसाधारण र प्रहरीले चन्दा उर्ठाई डोजर भाडामा लिएर बालिका खोजी गरिएको थियो ।

सुरुमा नदी डिलमा भेटिएको चप्पलको आधारमा सशस्त्र, जनपद र र्सवसाधारण गरी १५ जनाले शरीरमा डोरी बा“धी बा“सको सहारामा पौडेर खोजतलास

गरेका थिए ।

पौडीबाजले पनि फेला पार्न नसकेपछि प्रहरीको केन्द्रीय विशेष कार्यदलको उद्धार टोली र नेपाल र्‍यापmटिङ एसोसिएसनका दर्ुइ डुंगाको सहयोग लिइएको थियो । त्यसबाट पनि बालिका फेला पर्न नसकेपछि मंगलबार र्सवसाधारण र प्रहरीले चन्दा संकलन गरेका थिए ।

प्रहरीलाई जानकारी दिने बटुवाले किटान गरेको स्थानमा डोजरले खोस्रि“दा बालिका मृत अवस्थामा भेटिएको हो । नदीबाट सा“झ ५ बजे निकालिएको शव निक्कै फुलेको छ ।

उनले लगाएको ज्याकेट, टोपी र सुरुवाल शरीरमै थियो । अभिभावकले जिम्मा लिएपछि प्रहरीले शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाएको छ ।

सुन्दरीजल बस्ने सानीआमा भेट्न आएकी रविना भोजपुर होमताङको अरुणोदय प्राविमा कक्षा २ मा अध्यरत थिइन् । उनी सोमबार बिहान मात्रै अभिभावकस“गै काठमाडौं आएकी थिइन् ।

बुबा, आमा र भाइस“ग बिहान ७ बजे राजधानी आइपुगेकी उनी दिउ“सो १ बजे शंखमूलस्थित काका दिनेशको डेराबाट एक्लै निस्केकी थिइन् । दिनेशका अनुसार रविनाका बुबा पहलसिंह शौचालय पसेका बेला कोठाबाट बाहिरिएकी थिइन् ।

बाहिरिएलगत्तै र्राई परिवार र आफन्तले शंखमूल क्षेत्रमा खोजी गरेका थिए । नभेटिएपछि बुद्धनगर प्रहरी बिटमा जानकारी गराएका थिए ।

खोजी गर्दै तीनकुने प्रहरी वृत्त आएका अभिभावकले वाग्मती पुलमा भीड देखे । अज्ञात बालिका डुबेको जानकारी र प्रहरीले देखाएको चप्पल देखेपछि उनीहरूले घटनामा रविना परेको आशंका गरेका थिए ।

बानेश्वर वृत्तका डीएसपी गोरख भण्डारीका अनुसार बहिनीको चप्पल लगाएर रविना शंखमूलबाट भत्केको पुल हु“दै वाग्मती किनारैकिनार तीनकुने आएकी थिइन्् । गाडी देखेपछि डराउने उनी तीनकुने आएको र नदीमा डुबेको कारण खुल्न नसकेको डीएसपी भण्डारीले बताए ।

 

Source: http://kantipuronline.com/kolnepalinews.php?&nid=135085

Read Full Discussion Thread for this article