जिरादाई,
त्यो सोर्हखुट्टेको ओरालाँ ब्रेक उछ्छिट्टीईए देखि सिफलको ओरालाँ पनि ब्रेकले राजीनामा दिने हो कि भन्ने डर भन्या सधैं। त्यो ओरालाँ ब्रेकले "ह्या लागी राछ पाङ्ग्रा समात्न" भन्या भे? राम राम राम!
एक चोटी त्यो ओरालोको मुखैमा चक्का पन्चट भएर क्या बर्बाद, तर त्यो बाटोको दाईने पट्टी (ओरालो सुरु हुँदा हुँदै) साईकल बनाउने पसल थ्यो नी हेरी तिँ टाल्दयो नी -- पुरानो ट्युब काट्यो --सुलोक्सन हो कि के हो लायो अनि टालेर थोत्रो बाटाँ डुबायो -- फोका उठेन। भैगो।
रिट्ठे,
ल उफ्री उफ्री दुई राउण्ड खित्काको लागि एक राउण्ड उफ्रेर धन्यबाद।
ठुली,
लौ न "मेरो दीप" रे अझ अरु के के नी? राम राम राम अब ह्यान्सीले थापाथलीमा मलाई मिच्ने भो मोटरसाईकल ले।
चित्रे ब्रो,
क्लासिकै क्लासिक प्रभो अब आफ्नो त मोडर्न नै क्लासिक भैसक्यो क्यार्नी होला?
जिम्माल,
धन्न प्रभो को त सुधामा मात्रै काउकुती रे छ यो ज्यानलाई जुन तरुनीको नाम सुनेनी चिन्या चिन्या जस्तो लाग्छ। अस्ति क्या प्रभो त्यो नयाँ बजारकी एउटीले फ्याट्टै चिनी। गम्म ज्यान लागेछ, झोला बोक्ने लाट्ठे घरैमा बाजा र जन्ति बोकेर आएको पनि तिन बर्ख भो रे भन्थि। "चिनाउछु पख" भन्थी मैले " ह्या त्यो मलाई के काम्?" भन्देँ। ठिक गरीन त प्रभो?
क्रेजी लभ,
यो लभ भन्ने त शब्द लेख्ना नी हात काम्ला जस्तो हुन्छ अचेल त -- के ले भेट्यो भेट्यो --- हो बाङ्गेलाई नी धेरैले डुबायो उस्ले अरु धेरैलाई--तर जिम्माललाई त पौडिन आउँछ क्यारे! हुन त झन त्यै जति पौडियो उती गैराँ पुग्ने खोलाँ हेलीन ला छ्न भन्ने सुन्छु।
sndy ,
दशैंमा लुगा हाल्ने दिन गै गए ईतिहास एक्स्प्रेसाँ, अब समयको ढुङ्ग्राँ कथा हाल्योबस्यो। यस्तै रे छ जिन्नगी।
बिस्टे प्रभो,
अनि मैजुबाल तिरको बगैचामा फुल अझै छ कि हेर्दा हेर्दै गीत घन्काउँदै नाच्दै एक हुल लिएर आको दुस्मनले टिपिसक्यो?
तोरीको फुल,
त्यो ढिस्काँ कैले कैले हाउस फुल हुन्थ्यो -- प्रभोहरु नै हो त?
कलेजो,
ब्याङ्ग्या रेपुटेसन पनि हेर्दा हेर्दै बाङ्गियो नी नारन यो साझाँ।
प्रभो ति दिनहरुको इन्धन नै भन्नु पर्यो अझै यो ज्यान चलाउने --
popeye ,
बाङ्ग्या सोझा कथा नी भनम्ला भन्छु खै -- खोज्दैछु तर।
harkeDai ,
को असम, प्रभो? जिम्मालकी सुधा कि कसो?
लौ न झण्डै नौ सय एघार दाबेको रे? कस्सो ट्याममै आएछु गाँठे!
एक् खित्का रे छ त्यै पनि जिन्दाबाद।
Amazing ,
त्यो ग्यालेक्सी नेरको बाँसको झ्यान्ङ भनेर ज्ञानेस्वर र डिल्लिबजार ओहोरदोहोर गर्दाको त्यो गल्ली सम्झाईदिएर त्यो गैराँ घर भाकि तरुनी अचेल के गर्दै होली भन्ने सोचाँ पुगियो। हरे राम!
सबैलाई धन्यबाद।