Posted by: Bhaute_Kaji January 22, 2008
जगल्टे माइला।!!!!!!!
Login in to Rate this Post:     0       ?        

जगल्टे माइला।

नमस्ते है, म जगल्टे माइला,
ए! आफ्नो सक्कली नाम त बिर्सनै लगेको जस्तो छ मैले।।। फेरी सुरु गरुम है। नम्स्ते है म भौते काजी।
तपाईं हरु छक्क पर्नु भयो होला, यो भौते आज के भन्दै छ भनेर, हजुर, के गर्ने दु:ख परे पछी आफ्नु दु:ख बाढ्नु पर्छ रे। त्यही भएर म आफ्नु दु:ख सुनाउन आएको हो।


सानु हुदो हो म, बा आमा ले न्वरान गरेर कती न राम्रो नाम रखे भन्ठानेका होलान, हुन त दोश ती लङडे पन्डित को होला, कुन जन्म मा तिन्को के खाइ दिएको थिए र मैले, नाम नै भौते रे,,, पछी काजी चै आँफै थपेको हो, अली सुहौदो बनाउन .


कुरो चै के भने, बा आमा ले मेरो छेवर गर्न बिर्सेंछ्न क्यारे कपाल चै लामो थिओ, जिउडाल चै मरन्चय्से। हुन त सुकेको ज्यान मा लुकेको बल चै थिओ मेरो पनि, त्येसै फाइट मा सबै लाई ढाल्थे त म!

असार को महिना हुदो हो तेती बेला, धान रोप्ने बेला हुँदै थिओ, आज हाम्रो गाई हेर्न जाने पालो थिओ, म सँगै मेरा साथी हरु चित्रे, बिर्खे, र छय्मे कान्छा,लग्यौ खोला तिर, बस्तु धपौदै। मेरा दुइटा गोरु, अनी अरु को चै गाई लिएर तल पुग्योउ। अब खोला आए पछी लुगा पनि खोल!!!! चित्रे ले कुरा गर्‍यो, हुन त हो, असार को गर्मी, अनी छेउ मा खोला, अब पौडिन पर्‍यो भनेर हामी खोला म पस्योउ कट्टु मात्र लगएर। बस्तुभाउ छेउ मा नै चर्दै थिए, हामी पौडी मा मस्त।
छय्मे पानी मा चटक देखौन थालयो, हामी पनि कतिन गर्‍यो भनेर तेसैलाई उक्सौदै मक्ख। येसो माथि हेरेको त माथि बाट ठुलि, दिपिका, अनी आर्को चै को हो कुन्नी केटी हरु त करौदै अौँदै छन, हन के भयो यिनिहरु लाई, किन मर्न लागेका तेसरी, छय्मे छक्क पर्‍यो।
म चै बस्तुभाउ कता लगेछन भनेर हेर्न थाले, कतै देखिदैनन्
       ल हेर यी केटा हरु को ताल, त्या तिमीहरु का डगा ले जिम्बाल बा को जम्मै धानबारी सखाब      बनायो, यिनिहरु त यहाँ खोला मा पो खेल्दै रहेछ। आज चै तिमीहरु को काल अौछ!!!!!!!!!!! ठुलि त करौदै तल अै बा।

 

Pahilo pataak prayas gardai chhu... kehi lekhne.... insipred by deep, uptowngirl. dipika02, crazylove, and all others. 

Read Full Discussion Thread for this article