Posted by: Birkhe_Maila January 22, 2008
~~ चौतारी - ९५ ~~
Login in to Rate this Post:     0       ?        


तृतीय अद्याय-


भगुतेन्द्र योगी अनेकन अलाप बिलाप गर्दै तरुनिमोहमा परेर नानाँभाँती दुख पाउँदा भया भनेर मैले प्रथम अध्यायमा कहेँ। द्वितिय अध्यायमा गोताएँ मुनिले भुत,प्रेत,पिशाच, प्रमथगण,यक्ष, गन्धर्व,किन्नर सहित धतुरोको नशामा लाल लाल चच्छु पार्दै यस चौतारी भूखन्डको कथा कहे। अब म कसरि दिपेन्द्र र उनका सखाहरु भगुतेन्द्र योगीको हालत देखेर प्रतिकृया गर्दा भया सो कुरा कहन्छु।


तहाँ उपरान्त भगुतेन्द्रको अस्तव्यस्त शरीर,पँहेला चच्छु, कामेका हातखुट्टा र फक्रेर पानी समेत नपाएर त्यसै ओइलाउँदै गएको बैँश देखेर दिपेन्द्र र उनका सखाहरु ठूली ब्राम्हणीले खित्का छोडेको जस्तो गरेर खितितिति गर्न थाले। उक्त खितितिति कस्तो थियो भने,सम्पूर्ण वनलाई नै कँपाउने, रोलर कोस्टरको ट्रयाक मुनि बसेर माथि गुडेको आवाज श्रवण गरे भन्दा भयानक,पुन्टेन्द्र योगीको मुख छोडाइ भन्दा लाजमर्दो,ठुल्दाइस्सोरको अनुभव भन्दा पनि बटारिएको,माष्टरनी नानिले सोचेको अचेलको चौतारी भन्दा पनि बिग्रिएको,किरेजीको कथा भन्दा पनि तातो,सान्नानीको रेसिपि भन्दा पनि पिरो,लहरेको बोलि भन्दा पनि तोते,चनातरकारी भन्दा पनि खल्लो, अन्तरेले बाखरि बाखरि भनेर नाचे भन्दा पनि भयानक तथा ठूली ब्राम्हणीले बोले भन्दा नन स्टप थियो। रौद्र तथा अतिभयंकर यस्तो अट्टाहास रुपि खितितिति बाट यो सम्पूर्ण लोक काँप्न थाल्यो। यो कंपन यति रौद्र थियो कि,फुलौरे गाउँको वनमा "साझाबाट सन्यास पाउँ" भनि श्रिमहादेवको भुमिगत तपस्या गरेर बोका चम्रमा बसेका कुम्ले योगीको समेत तपस्या भङ्ग हुन पुग्दा, तपस्या सपस्या यस्तै हो भन्दै, उक्त बसेको बोका चम्रलाई टुक्रा टुक्रा पारेर, अनेकन मरमसला हालेर पकाई खाइ चौतारि तर्फ प्रस्थान गर्दा भया।

नमे ऋषी चिम्टा बजाउँदै 'दौँतरी दौँतरी' को मन्त्र जाप गर्दै दौँतरीको ढोकामा भित्र छिर्ने टिकट बेच्न व्यस्त  भएको बेलामा आएको उक्त अट्टाहासले गर्दा एकछिन आत्तिए, तर बरदानका धनि नमे ऋषी उत्तिनखेरै सम्हालिए र 'आउँछ मौका पर्खँदैन, बगेको खोला फर्कँदैन" भन्दै चौतारी लोकमा पुगेर अब 'दौँतरी' नगर मात्र उक्त अट्टाहसबाट सुरक्षित छ सम्पूर्ण देवताहरु उतै लागौँ भनेर सबैलाई आग्रह गर्दा भया।उक्त अट्टाहसले गर्दा, लुकेर सम्पूर्ण गतिबिधि नियालिरहेका र गजलमा मग्न भएका नेपे मुनीको बासस्थान समेत डगमगाउन थाल्यो। 'केवल त्यहि एक रात म जिउँदै थिएँ"भन्दै गरेका नेपे मुनिको बासस्थान डगमगाउन थालेपछि उनको मुखबाट वास्तविक गजलबाचन हुन थाल्यो।"केवल यो खितितिति नआउँदा सम्म म जिउँदै थिएँ" भन्दै उनि ठुल्दाइस्सोर महादेवको शरणमा जाँदा भया।

अनुभव पर्वतमा ठुल्दाईस्सोर आफ्नि अर्धाङ्गिनी नेप्चिभवानी संग ठट्टामा व्यस्त  थिए। अनुभव पर्वत कस्तो थियो भने ३६ बर्ष लामा ममचा पर्वत हरुले घेरिएको,जताततै इलाहाबादी पानका बोटहरुले शोभायमान भएको,सम्पूर्ण नीकेतन हेर्दा यस्तो लाग्दथ्यो मानौँ बिश्व नीकेतन यहि हो, नारायाण गोपालको गितले सम्पूर्ण वातावरणलाई सेन्टि बनाइरहेको,यत्र तत्र टिरेन गुडिरहेको र वातावरणमा 'अनुराधा अनुराधा!'को मन्त्र जाप भैरहेको!यस्तो लोकमा पुगेर नेपे मुनिले ठुलदाइस्सोरको अगाडि आएर 'त्राहिमाम् त्राहिमाम्' गर्दा भया। ठुल्दाईस्सोरले नेपे मुनिको 'त्राहिमाम त्राहिमाम' सुनेर 'तारेमाम तारेमाम' मात्र भन्दा भया! नेपे मुनिले कसरि दिपेन्द्र र उनका सखाको अट्टाहासले सम्पूर्ण लोक कम्पन भयो भनेर बताउँदा ठुल्दाईस्सोरले 'बा'बा' गर्दै हाँस्दै भन्दा भया- "हे नेपे मुनि,म यो अट्टाहासलाई साम्य पार्न सक्छु,इलाहाबादि काइदा, यसैमा छ फाइदा, तारेमाम्।" ठुल्दाईस्सोरको यस्तो बचन सुनि नेपे मुनि पुन: शान्त भएर गजल बाचन गर्दा भया! ठुलदाइस्सोरले गुप्त इलाहाबादि काइदा लगाएर त्यहाँबाट अन्तर्ध्यान भएर भगुतेन्द्र योगि मुर्छा परेको वनमा जाँदा भया। ठुलदाइस्सोरको इलाहाबादि काइदाले पनि जब दिपेन्द्र र उनका सखाको अट्टाहास रोक्न सकेन तब सबैले श्री पुन्टेन्द्र योगीको नाम जप्दा भया। तहाँ उपरान्त पुन्टेन्द्र योगि आफ्नो बाहन ट्याक्सीमा चढेर उक्त वनमा आउँदा भया। पुन्टेन्द्र योगीले ठुलो स्वरमा गिटार बजाउँदै धोबिनीको च्यात्तेको पेटिकोटले तालु छोप्दै, दिपेन्द्र र उनका सखालाई सोमरस र कालो पदार्थको आश्वासन दिन थाले। यो आश्वासन सुन्ने बित्तिकै उक्त अट्टाहास रोकियो। अट्टाहास रोकिएपछि सबैको नजर भगुतेन्द्र योगीमा पर्न गयो। त्यतिबेला भगुतेन्द्र योगी अचेत अवस्थामा थिए तर अचेत अवश्थामै भए पनि उनको ओठबाट मसिनो स्वरमा "तरुनी!तरुनी" निस्किरहेको थियो।

इति श्री ग्वाँचन्दपुराणे
चौतारी खन्डे
माघमहात्म्ये
ग्वाँचागालबस्त संवादे
श्री सोस्तानीपररररमेस्वरि तृतीयोध्याय

   

Last edited: 22-Jan-08 10:27 AM
Last edited: 22-Jan-08 10:35 AM
Read Full Discussion Thread for this article