Posted by: mr.jomsom January 21, 2008
पूरानो नाता
Login in to Rate this Post:     0       ?        
यहाँ मुश्किलले बन्छन् नाताहरू,
हजार साधना हुन्छ ।
हजार त्याग हुन्छ ।
अनि,
मनलाई थाम्न नसकि,
एउटा नाताको सिर्जना हुन्छ ।
सुन्दर भविश्यको कल्पनामा ।
त्यसैले,
मलाई पनि अरुलाई जस्तै गरि
बल्ल तल्ल बनेको नाता प्रति मोह छ ।
भरपूर मोह छ ।

अझ झन,
भावनाको सम्बन्धमा त,
जति मन टाढा त्यत्ति नै पारदर्शी ।
त्यसैले पनि,
बल्ल तल्ल बनेको नाता,
कतै बिग्रने पो हो कि ?
कतै भत्कने पो हो कि ?
भावनालाई बिर्सदा ।
कदरताको दर्पणमा,
दायित्वको छाँया नपाउदा ।

एउटा बनेको नातामा,
नाताको एक अर्को सिंढी चढाउदा,
कतैं पूरानो नाताको जग भाँसिने त होइन् ?
यस्तै यस्तै डरहरूमा,
जब एउटा नाता बन्छ ।
अनि मनमा खेल्न थाल्छ,
भयङ्कर परछायाँहरू ।

त्यसैले पनि,
चाहना हुदैन्, पटक्कै हुदैन् ।
दिशा बदल्न,
बनेको त्यो पूरानो नाताको ।
यसरी नै,
भावनासँग नखेल्ने मनोकांक्षाले गर्दा ।
आज मैले,
मेरो पूरानो नातालाई यथास्थानमा नै पाएको छु ।
एउटा अवोध बालक झै ।
एउटा लजालु यूवति झै ।
एउटा निर्दोष मानव झै ।
Read Full Discussion Thread for this article