Posted by: BKMailo January 21, 2008
BHOJPUR
Login in to Rate this Post:     0       ?        

विद्यालय हस्तान्तरणको विरोध

भोजपुर, माघ ६ - शिक्षकहरूले विद्यालयलाई समुदायमा हस्तान्तरण गर्ने नीतिको विरोध गर्दै शिक्षा क्षेत्रको व्यस्थापन गर्ने जिम्मेवारीबाट सरकार पन्छिन लागेको आरोप लगाएका छन् ।

जिल्लाभरका शिक्षकले समुदायमा हस्तान्तरित विद्यालयको सम्झौता खारेज गर्न माग गरेका छन् । नेपाल शिक्षक युनियन जिल्ला शाखा भोजपुरको नेतृत्वमा उनीहरूले शिक्षा कार्यालयमा तालाबन्दी, धर्ना र नाराजुलुस सहित पर््रदर्शन गरेका छन् ।

शिक्षकहरूले आपmनो माग पूरा नगरे कडा संर्घष्ामा जाने चेतावनी दिएका छन् । अन्तरिम संविधानमा सरकारले सबै विद्यार्थीलाई माध्यमिक तहसम्म निःशुल्क शिक्षा दिने उल्लेख गरे पनि व्यावहारिक रूपमा दायित्वबाट अलग हुन खोजेको युनियनका सचिव सनद कोइरालाले बताए ।

भोजपुरमा ३ विद्यालय समुदायमा हस्तान्तरण गरिएको

छ । जिल्ला शिक्षा अधिकारी खडानन्द पराजुलीले आम्तेक गाविसस्थित सिंहदेवी प्रावि, बोखिम गाविसको जनता प्रावि र श्यामसिला गाविसस्थित राधाकृष्ण माविको प्रावि तहलाई समुदायमा हस्तान्तरण गरिएको बताए । ती विद्यालयलाई सरकारले १/१ लाख रुपैया“ उपलब्ध गराएको उनले जनाए ।

सरकारले विद्यालयलाई समुदायमा हस्तान्तरण गरेपछि भौतिक सुधारअर्न्तर्गत प्राविलाई १ लाख, निमाविलाई २ लाख र मावि तहलाई ३ लाख रुपैया“ रकम उपलब्ध गराउने व्यवस्था गरेको

छ । भोजपुरमा मावि, निमावि

र प्रावि तह गरी ३ सय ७५ विद्यालय छन् ।

शिक्षकले ती विद्यालयस“ग गरेका सम्झौता तुरुन्त खारेज गर्न शिक्षा कार्यालयलाई दबाब दिएका  छन् । राष्ट्रिय शिक्षा नीतिको आधारमा सरकारले विद्यालयलाई समुदायमा हस्तान्तरण गर्न लागेको शिक्षा कार्यालयले जनाएको छ । 'सरकारले विद्यालयलाई समुदायमा हस्तान्तरण गर्ने हो भने ऐन कानुनको व्यवस्था गर्नुपर्छ,' युनियनका अध्यक्ष कमलप्रसाद र्राईले भने ।

Source: http://kantipuronline.com/kolnepalinews.php?&nid=134932

Read Full Discussion Thread for this article