Posted by: BKMailo January 20, 2008
BHOJPUR
Login in to Rate this Post:     0       ?        

अपरिचितद्वारा अंश माग

भोजपुर, माघ ५ - माओवादीका स्थानीय कार्यकर्ताले जिल्लाको  कुदाक काउलेका अपरिचित व्यक्तिलाई छोरा स्वीकार गरी अंश र नागरिकता दिन एक वृद्धलाई दबाब दिएका छन् । उनीहरूले छोरा स्विकारेको पत्रमा जबर्जस्ती हस्ताक्षर गराएको ती वृद्धले बताए ।

सदरमुकामदेखि १८ कोस उत्तरको उक्त गाविसका ६६ वषर्ीय नारद र्राईलाई माओवादी कार्यकर्ता सुरेश विष्टको नेतृत्वमा आएको समूहले त्यस्तो जबर्जस्ती गरेको हो । कागजमा हस्ताक्षर नगरे ज्यान लिने धम्की दिएपछि आफूले त्यस्तो व्यहोरामा हस्ताक्षर गरेको पीडितले बताए ।

माओवादी कार्यकर्ता विष्टले 'यो त्रि्रो छोरा हो, नस्विकारे कारबाही हुन्छ,' भन्दै कुटपिटसमेत गरेको र्राईले बताए । दर्ुइ साताअघिको घटना शुक्रबार उनी सदरमुकाम आएपछि खुलेको हो । आफूलाई कर्ीर्ते कागजमा जबर्जस्ती हस्ताक्षर गराएको भन्दै र्राईले जिल्ला प्रशासन र जिल्ला प्रहरीमा उजुरी दिएका छन् । स्थानीय प्रहरी चौकीका पा“च प्रहरीसमेत माओवादीलाई सहयोग गर्न आएको र्राईले बताए । 'मैले त्यो व्यक्तिलाई कहिल्यै देखेको छैन,' र्राईले भने, 'कसरी छोरा स्विकार्नु - उनका दर्ुइ छोरी र एक छोरा छन् । भूतपर्ूव गोर्खा सैनिक र्राईले द्वन्द्वको बेला धम्कीकै भरमा १ लाख ५० हजार रुपैया“भन्दा बढी माओवादीलाई चन्दा दिएको बताए । केही समय विस्थापित भई शान्ति सुम्झौतापछि गाउ“मै बस्दै आएका र्राईलाई माओवादीको स्थानीय कार्यकर्ताले बिनाकारण दुःख दिएको बताए । अंश माग्ने व्यक्तिको पहिचान खुलेको छैन ।

प्रजिअ सीताराम कार्कीले गाउ“मा रहेका प्रहरीलाई स्थानीय व्यक्तिहरूले दुरुपयोग गरेको बताए । जिल्ला प्रहरीले कर्ीर्ते कागजमा सही गराउन सहयोग गर्ने प्रहरी टोलीलाई सदरमुकाम बोलाएको छ । प्रनाउ जनक खत्रीले त्यसबारे छानबिन भइरहेको बताए । माओवादी जिल्ला सदस्य समुलले आफ्ना कार्यकर्ताले जबर्जस्ती गरेको जानकारी नआएको बताए । विष्ट आपmना कार्यकर्ता भएको स्विकार्दै उनीमाथि त्यतिकै आरोप लगाइएको हुनसक्ने दाबी गरे ।

Source: http://kantipuronline.com/kolnepalinews.php?&nid=134813

Read Full Discussion Thread for this article