Posted by: Dr Jharpaat January 19, 2008
DR KO DAIRY
Login in to Rate this Post:     0       ?        

मुकुन्दे को बाख्रा -1

 

"तिम्रो न्यानो अन्गालो मा सधैं सधैं सधैं भरी
चाहन्छु बाच्न...... बसन्ती प्यारि बसन्ती ........"
सुकेको रुख को थुतो मा झुन्दिएको एउटा थोत्रो रेडियो मा बजिरहेकै गीत को ताल मा मकुन्दे बसन्ती सँग जिस्किरहेछ । मकुन्देले उस्को पुस्त जिउ सुम्सुम्ययो। बसन्ती लाई नि जिउ मा तरङ का लहर दौदेर जिउ तनक्क तन्काइ । घाती  सकेसम्म तन्काइ । मकुन्दे ले आफ्नो कथोर हत्केला बसन्ती को तिघ्र को काप मा  घुसर्यो। बसन्ती लाई साह्रै नै भएछ क्य हो थचक्क भुइ म बसी। मकुन्दे ले उस्को टाउको समाएर चुवप्प मोइ खायो। बसन्ती ले तृप्‍ति को मिठो स्वओर निकाली "म्या म्या म्या म्या " अनी कान फत्कर्दै मकुन्दे बाट पर तर्किएर गैई ।
बसन्ती उस्की प्यारि बाख्री .....
सञ्चै नै साह्रै माया बसेको थियो मकुन्देको । अलिकती पनि समय बचेँमा पनि बसन्ती कै स्याहार सुसार मा बितौथ्यो। कन्यौथ्यो, जिउ म लागेका फोहोर सफा गर्थ्यो । गाउँ भरी दुलेर राम्रा राम्रा घास कतेर उस्लाई दिन्थ्यो। बसन्ती नि काम हल्लाउदै रमाई रमाई खान्थी । बसन्ती ले खाएको मकुन्दे हेरिरन्थ्यो। अनी मन मनै मख्ख् पर्थ्यो।
"हैन आज आलु रोप्ने   भनेको हैन? कत्ती त्यही बाख्रा खेलएर बसेको?"
"आये सानु अैहाले "
सानु मकुन्दे कि जिबन सङिनी । बिहे भएको भयो होला तीन बर्ष । रुप कि साह्रै गोरो पुस्ठ  सलक्क परेको शरीर । साज सज्जा मा  साह्रै ध्यान दिने सानी ले । रातो सफा सारी नाइटो  देखौने गरी लौथी सधैं। सधैं केही  खोजिरहेका जस्ता चन्चल ठुलठुला 
  मकुन्दे बसन्ती लाई त्यही रुख को थुतो मा बानेर लाग्यो बारी तिर।
मकुन्दे ले घर  बारी को सबै काम हेर्थ्यो। काम गर्थ्यो । गाई गोठ  को बारी को अनी बिशेष गरी स्यहार्थ्यो बाख्रा लाई .....बसन्ती लाई
मकुन्दे काम गर्थ्यो । मत्लब यो थिएन कि यू गरीब थियो। हैन उ त साह्रै धनी थियो सम्पत्ति को हिसाब ले ।  मकुन्दे अलिकती भने स्पस्त बोल्न सक्दैन थ्यो। सानो हुँदा भर्याङ बाट लदेर लथेब्रो जस्तो भएको थियो। अनी उस्को देब्रे भन्दा दैने हात को   हत्केला चै   अली बदी छाती सम्मा पुगेर तल भुइ तिर लत्रिएका थिए। जुत्ता  चप्पल लौदा हिंड्न  अप्थ्यरो हुने भएर होला शायद लाउन मन  लाग्दैन थ्यो उस्लाई। उस्को लागि ठिक्कै तर अरु को लागि भने साह्रै गन्हौने उस्को जिउ अनी लुगा को रङ लाई मएल ले ढाकेको धेरै भाई सकेको थियो। सबै ले त्यो नुहौदैन भने पनि गाउ मा पैरो आको बर्ष नुहएको उस्लाई अझै याद छ बिर्सेंको छैन उस्ले। 
तर पनि उ दिमाग को असन्तुलित मान्छे भने थिएन ।
लथेब्रो जस्तो बोली, खाली  खुट्टा हिंड्ने हात कुन्जिएको एउटा फोहोरी गन्हौने मकुन्दे लाई देखेर सबै ले एउटा  कुरा  चै पक्कै सोच्थ्यो । एस्तो मान्छे ले त्यस्तो कामिनी जस्ती श्वासनी कसरी पायो होला  ?
प्रश्न गाह्रो भये जस्तो उत्तर नि गाह्रो भने अवस्य थिएन । उस्को घर सम्पती अनी उस्को बाबु को प्रिस्थभुमी थाहा भये पछी उत्तर आँफै आउथ्यो।
हो मकुन्दे गाउ को साह्रै धनी मुखिय को छोरो थियो। बाउ ले सम्पत्ति अनी आफ्नो गाउ को सान को फाईदा उठाएर छोरो को घरजम गराएक थिए।
मुखिया जिवित हुन्जेल सानी एक असल बुहारी  अनी असल ग्रिहिनी को उदाहरण थिई। ससुरा अनी मुकुन्दे को साह्रै स्यहार सुसार गर्थियी  तर परार साल मुखिया बा खसेपछी भने सानी ले बिस्तारै लत्तो छड्दै गैइ।     सानी  घर  को रानी
भएकी थिई ।अब साच्चै भन्नेहो भने  सानी स्वतन्त्र थिई । उस्लाई रोक तोक गर्ने घर मा कोही थिएन। मकुन्दे ले उस्लाई गाली गर्नु त कता हो कता सोध्न नि सक्दैन थ्यो। एस अर्थ मा सारा घर  सानी ले चलाएकी थीई ।
मुखिय को मृत्‍यु पछी सानी साच्चै नै स्वतन्त्र थीई । आफ्नो मन  को राजा आँफै ..... साञ्चै
ससुरा हुन्जेल सानी ले कती सम्म मन मा रहर हरु दबाएर बसेकी थीई त्यो त उस्ले केही दिन मै गाउ मा पेन्ट अनी घर मा मेक्सी लाएर देखाइसकेकी थिई । अनी आज्काल बिशेष गरी साज सजजा अनी स्रिङ्गआर पट्टार मा रुची  बदेको थियो।
घर मा बसेको बेला अनी बजार मेला मा होस् या जमघट  हरुमा ,सिनेमा मा होस् य पुराण मा साह्रै सज्जिएर जान्थी। जहाँ भये पनि उस्का ठुल्ठुला कालाकला  आँखा यता उता सल्बलैरहेक हुन्थे।
       
 तर जती सुकै बनावोटी हासो अनुहार मा ल्याये पनि एउटा खालिपना एउटा  अत्रीप्तता अथवा भनु असन्तुस्ती उस्को आँखा मा राम्रो गरी देखिन्थ्यो । पढ्न सक्ने क्षमता भएको मान्छे ले पढ्न सक्ने गरी उस्को आँखा मा प्यास लेखिएको थियो।
गाउ ठिटा हरु बाटो मा देख्दा उस्को हिणाइ अनी बोली भाव अनी हाउभाउ आँफै फेरिन्थ्यो।
"सानु हिजो को मान्छे को हो? " कोदली काध मा बोक्दै टाउको कन्यौदै मुकुन्दे ले सोध्यो
"को मान्छे?"
"त्यही क्या मलाई दाई के छ हाल खबर भन्ने मान्छे"
"किन चैयो तिमी लाई नि फेरी? " सानु को उल्तो प्रश्न
"त्यत्तिकै खाली सोधेको "
"मेरो काका को भान्जो पर्ने दाई हो"
"मलाई त कस्तो मनै पर्दैन त्यो मान्छे बरु अस्ती को तिम्रो फुपु को छोरा नै मज्जा  को मान्छे है सानु?   "
सानु ले बडी कुर गर्ने रूची देखैइन । कत्ती कुरा  मात्र गरेको "जाउ  बारी मा.... म खानेकुरा  उतै पठाइदेउला .... आज सप्पै सक्नु पर्छ है नसक्की कन बारी बाट नाउनुनी है? "
"अनी तिमी आउदिनौ?"
"तिमी त कस्तो हुस्सु झन त्यत्ती सारो बिहानै भनेको हैन आज निरज पवित्र दिदी  को देवर आउने रे भनेर? यहाँ मैले घर मिलौनु पर्छ नि त सप्पै बेहाल छ  "    
"हुन्छ नि त तिमी घर सफ गर म बारी मा जान्छु ,केही भयो भने मलाई बोलौन है ...अनी सुन खानेकुरा चै चाडै पथैदेउ है ?"
"हुन्छ हुन्छ जाउ ... म छिटो पठाउला "
मकुन्दे बारी तिर लाग्यो । एक छिन् मा एउटा  भट्भटे उस्को घर अगाडि रोकियो ।सानी उस्लाई हेरेर मुसुक्क हासी त्यो मान्छे नि त्यसइगरी हास्यो । जब त्यो नजिकै आयो सानी को अनुहार रातो भयो उस्का कान सबै ताते । लजौदै उस्ले हात अघी बडाइ ... अनी उस्लाई डोर्यौदै कोठा तिर लागि ।

 
 

 

 

 

 

 
 
   
 
  
    
   
   
 

Read Full Discussion Thread for this article