Posted by: smileypkr January 18, 2008
Seven dead in Nepal 'bus arson'
Login in to Rate this Post:     0       ?        

  •  

हिन्दी
उर्दू
बंगाली
 
 
 
बारा बम बिष्फोटमा कम्तिमा सात यात्रुको मृत्यु
 
जनकपुरबाट वीरगञ्जतर्फ गइरहेको एउटा यात्रुवाहक बसभित्र शुक्रबार शक्तिशाली बम बिष्फोट हुँदा कम्तिमा सातजना यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका मध्यक्षेत्र प्रमुख शैलेन्द्र श्रेष्ठका अनुसार अन्य २२ जना घाइते भएका छन्।

केही मधेशी दलहरुले शनिवारदेखि तराईमा आन्दोलन थाल्ने तयारी गरिरहेका बेला यो घटना भएको छ।

बारा जिल्लामा पूर्व पश्चिम महेन्द्र राजमार्गको एउटा खण्डमा पुगेको उक्त बसभित्र भएको विष्फोटको जिम्मेवारी सांगठनिक अस्तित्वको बारेमा प्रकाशमा नआएको अज्ञात संगठन तराई आर्मीले लिएको बताइएको छ।

केही महिनाअघि तीनजनाको ज्यान जाने गरी राजधानी काठमाण्डूका तीन ठाउँमा भएको बम विष्फोटको जिम्मेवारी पनि त्यही संगठनले लिएको थियो।

शुक्रबार बारामा भएको घटनामा मर्नेहरुको पुरै जीउ जलेकोले उनीहरुको पहिचान हुन सकेको छैन।

घटनामा घाइते भएर नारायणी क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका एकजना यात्रु कृष्णकुमार मोक्तानले भने, "आगो लाग्नुभन्दा अगाडि सामान्य किसिमको आवाज सुनिएको थियो। बसबाट दुईजना महिला यात्रु ओर्ले लगत्तै विष्फोट भएको थियो।"

सशस्त्र प्रहरीका मध्यक्षेत्र प्रमुख श्रेष्ठले कुनै विष्फोटक पदार्थका कारण आगलागी भएको बताएका छन्।

प्रहरीले बसका खलासीलाई नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको बताएको छ।

 
Read Full Discussion Thread for this article