Posted by: Birkhe_Maila January 18, 2008
share feeling with me
Login in to Rate this Post:     0       ?        

धन्यवाद राजशर्मा मनको दुखेसो पोख्ने ठाउँ दिएकोमा। ल म शेयर गर्छु है त मेरो फिलिंग्स-

३००० जति रिन लाग्या डेढ बर्ष भयो तिर्ने उपाय छैन एक पैसो आउने ठाउँ छैन। यो दाहिने बङ्गारा पनि झर्ला जस्तो गरेर दुख्छ निकालेर फालिदिउँ जस्तो लाग्छ। कपालमा चाया परेर मायामा घाटा बेहोर्न परिराछ प्रभु। ३ महिना लभ गर्या नक्कलिलाई आफ्नै आँखा अगाडि बाथरुम सफा गर्न आउने प्लम्बरले उडाएर लगे देखि त कठै मलाई डिप्रेसनले गाँज्या गाँज्यै छ। डाक्टरलाई औषधी फेर्देउ भन्दा भन्दा डाक्टर नै डिप्रेसनमा आयो। ब्यान उठे देखि नारन ठेस पनि मलाई नै लाग्छ, भाउन्न पनि मलाई नै हुन्छ। जाँड खायो फुर्ति आउँछ भात खायो मात लाग्छ। टाउको न रिंगाएको दिन हुँदैन प्रभु, पेट फुलेर भकुन्डो जस्तो हुन थाल्या पोहोरै हो। पोहोर साल किन्या खेतमा खोलो पसेर सखापै पार्यो लौ न अब त्यो पानीको भुमरीमा धान कसरि रोप्नु। लोट्टो पर्छ कि भनेर लोट्टो खेल्यो दिन दिनै खेल्दा पैसोले खोट्टो हान्यो कस्सम। अस्तिका दिन ठेस लाएर लड्दा ट्याउसि मुनि पछारिन पुगिएछ पर्भु पुलिस आयो ट्याउसि डाइबरको सालो परेछ हजुर समातेर मलाई लग्यो। २ दिन जाक्यो हजुर खाना पिना बन्द , खैनि समेत पाकेटमार संग मागेर खानु पर्यो यस्तो छ हजुर मेरो।

तपाइँको सुनाउनुस?

Read Full Discussion Thread for this article