Posted by: भउते January 14, 2008
Login in to Rate this Post:
0
?
लु हेर, जिम्मालले त यता लुकेर नानाथरि कुरा काट्दै मेरो पाहुनाहरु भड्काउँदै रे'छन्। तिम्रा गामाँ मइनटोल नै छैन, भुत्राको मागेर ल्याउँछौ? दिपिका-जी, बुढाले मइन्टोलको धाक दे'र हजुरहरुलाई फकाउन मात्र खोजेका हुन्। हजुरहरु गएपछि बुढाले त्यै पुरानो भक्कु चप्पल बालेर उज्यालो बनाउनी हुन्। पुरा गामै गनाएर बस्न खप्न हुँदैन। अनि यी बुढाले पका'को खानीकुरा कसरी घाँटीबाट जानी हो कुन्नि। यिनले त त्यै हातले खोर्यात खोर्यात नलीखुट्टोको लुतो कन्याउँछन, अनि हातै नधोइकन ढिडोको पिठो ओडाल्न थाल्छन। अन्खेरि, त्यै हातले सिँईईईईईईईईईईईई गरेर सिँगान फाल्छन र हात यसो सुरवाल तिर पुछे जस्तो गरेर आलुको अचार साँध्न थाल्छन्। अनि ढिँडोमा नि बुढाको फुलेको दाह्री भेटिन्छ। फेरि तातो तातो ढिँडो घुर्लुक्क निल्यो कि जिम्माल्नीको कपालको रौँको एउटा टुप्पो ढिँडोको डल्लो सँगै पेटाँ पुग्छ, अर्को टुप्पो थालमा भा'को ढिँडोको थुप्रोमा हुन्छ। अब त्यो रौँ बाहिर तान्यो भने पेटमा भाको ढिडोको डल्लो पनि बाहिर आउन खोज्छ, रौँ निल्नु पनि कसरी। हाम्रा घराँ त पोख्रेली चामलको फरररररररररररररर फुकेको, मग मग बासना आउने भुजा, त्यसमाथि साजी घ्युको हररररररर बासना अनि आलु-बोडि-तामाको तर्कारी, साँधेको गुन्द्रुक र भटमासको अचार ख्वाम्ला। हाम्रो मा त पर बस्नको लागि नि सिमन्टीलगाको अनि टिनले छाको पाइखाना छ। पाइखाना बस्दा माइलादाइको घरमा जस्तो गीत गाउन नि पर्दैन, चुकुल छ ढोकामा। लोहटामा पानी बोकेर जानु नि पर्दैन, मैले पहिले नै बाल्टीभरी पानी लगेर राख्दिम्ला।