Posted by: shirish January 14, 2008
Sujata's road to Premiership of Nepal: unauthorized documentation
Login in to Rate this Post:     0       ?        
प्रमुख समाचार
   
मन्त्रिपरिषद् विस्तार तीन मन्त्री र पाँच राज्यमन्त्री नियुक्त   [ 2064-9-27 ]

गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २६ गते । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले वर्तमान मन्त्रिपरिषद्लाई बिहीबार विस्तार गर्नुभएको छ । उहाँले नेपालको अन्तरिम संविधानबमोजिम मन्त्रिपरिषद्मा तीनजना मन्त्री र पाँचजना राज्यमन्त्री नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री कोइरालाले नवनियुक्त मन्त्रीहरूको कार्यविभाजनसमेत गर्नुभएको छ । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीसहित अब मन्त्रिपरिषद्को सङ्ख्या ३० पुगेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सामान्य प्रशासनमन्त्रीमा रामचन्द्र यादव, बिनाविभागीय मन्त्रीमा श्रीमती सुजाता कोइराला र वातावरण, विज्ञान तथा प्रविधिमन्त्रीमा फरमुलाह मन्सुर नियुक्त हुनुभएको छ । विश्वस्त सूत्रका अनुसार बिनाविभागीय मन्त्री कोइरालाले प्रधानमन्त्री कार्यालयसम्बन्धी मामिला पनि हेर्नुहुनेछ । सामान्य प्रशासनमन्त्री रामचन्द्र यादव यसअघि सामान्य प्रशासन राज्यमन्त्री हुनुहुन्थ्यो ।

यसैगरी गृह राज्यमन्त्रीमा रामकुमार चौधरी, जलस्रोत राज्यमन्त्रीमा श्रीमती महालक्ष्मी अर्याल उपाध्याय, कृषि तथा सहकारी राज्यमन्त्रीमा नागेन्द्र्रप्रसाद चौधरी, भौतिक योजना तथा निर्माण राज्यमन्त्रीमा पदमबहादुर र्राई र स्थानीय विकास राज्यमन्त्रीमा नवीनकुमार विश्वकर्मा नियुक्त हुनुभएको छ । नेकपा (माओवादी)का तर्फाट पदमबहादुर र्राई र नवीनकुमार विश्वकर्माको नाम मन्त्रिपरिषद्का लागि यही पुस १४ गते सिफारिस गरिएको भए पनि पुस १५ को मन्त्रिपरिषद् विस्तारमा उहाँहरूलाई समावेश गरिएको थिएन ।

नवनियुक्त मन्त्रीहरूमा रामचन्द्र यादव नेपाल कम्युनिस्ट पार्टर्ीी-एमाले)का र श्रीमती सुजाता कोइराला तथा फरमुलाह मन्सुर नेपाली काङ्ग्रेसका हुनुहुन्छ । यसैगरी राज्यमन्त्रीहरूमा रामकुमार चौधरी र डिना उपाध्यायका नामबाट परिचित श्रीमती महालक्ष्मी अर्याल उपाध्याय नेपाली काङ्ग्रेसका हुनुहुन्छ भने नागेन्द्रप्रसाद चौधरी नेपाल कम्युनिस्ट पार्टी(एमाले)का हुनुहुन्छ ।
Read Full Discussion Thread for this article