Posted by: shirish January 14, 2008
Sujata's road to Premiership of Nepal: unauthorized documentation
Login in to Rate this Post:     0       ?        

http://www.reportersnepal.com/client/facetoface/fid/47

 

ऋषि धमला  with  सुजाता कोइराला

     म गणतन्त्रविरोधी होइन सुजाता कोइराला, मन्त्री समाजसेवामा लाग्दालाग्दै १५ वर्षघि राजनीतिमा होमिएकी पुत्री सुजातालाई मंत्री पदको सपथ गराएपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उनीस“ग हात पनि मिलाउनुभयो । त्यस क्षण त्यहा“ पिता र पुत्रीको संबन्ध थिएन । थियो त, प्रधानमंत्री र मंत्रीको संबन्ध । प्रधानमंत्रीकी पुत्री भए पनि सुजाता आफ्नै पहिचान, मेहनत, क्षमता र उचाईका आधारमा अहिलेको स्थानमा पुगेको सांकेतीक जनाउ पनि थियो त्यो । प्रस्तुत छः नेपाली का“ग्रेसमा पुरानो, सशक्त र प्रभावकारी शक्ति केन्द्रकी भावी नेतृ एवं मंत्री सुजातास“ग ऋषि धमलाले गर्नुभएको कुराकानीका मुख्य अंशः
 
Q. पहिलो पल्ट मंत्री हुनुभयो, त्यो पनि विना विभँगीय ?
A. -प्रधानमंत्री गिरिजाप्रसाद कोईरालाले सुम्पनु भएको जस्तोसुकै जिम्मेवारी पुरा गर्न म तयार छु । अहिले समग्र मुलुकको एक मात्र एजेण्डा भनेको संविधानसभा निर्वाचन हो । चैत्र २८ गते निर्धारीत निर्वाचन सम्पन्न गराउने प्रधानमंत्री र सात दलको अठोटलाई साकार पार्नु नै मेरो मुख्य दायित्व हो । त्यसका लागी निश्चीत विभाग वा क्ष्ेत्राधिकार आवश्यक पर्छ जस्तो लाग्दैन । मंत्रीका रुपमा मैले प्रधानमंत्री र सरकारलाई बलीयो, चुस्त र जनमुखी बनाउने प्रयास गर्नेछु ।
Q. विना विभागीय मंत्रीका रुपमा तपाईको खास भूमिका के ?
A. -तिन वटा मुख्य भूमिका छन् । पहिलो सुरक्ष्ँा, दोश्रो संविधानसभा र तेश्रो दिगो शान्ति । सरकारमा रहेर मैले शान्ति सुरक्षा दरिलो बनाउन राज्यका संयन्त्रहरुलाई मजबुत बनाउने प्रयास गर्नेछु । संविधानसभा निर्वाचन निर्धारित मितिमै सम्पन्न गराउने र समावेशी लोकतन्त्रको संस्थागत विकास गर्दै मुलुकमा दिगो शान्ति स्थापना गर्ने विषयहरु मेरो प्रँथमिकतामा पर्छन । यसैगरी प्रधानमंत्रीको कार्यालयलाई चुस्त र प्रभावकारी बनाउने, शासन संचालनमा प्रधानमंत्रीलाई सक्ष्ँम र बलियो बनाउने एवं सिंहदरबारलाई बढी जनमुखी र लोककल्याणकारी बनाउने पहल पनि गर्नेछु ।
Q. प्रधानमंत्रीको सुपुत्री भएकै कारण राजनीतिमा यस्तो सफलता पाउनु भएको हो की ?
A. -हेर्नुस, बाबुराम भट्टर्राईजीकी श्रीमती हिसिला यमी पनी राजनीतिमा लाग्नुभएको छ र अहिले मंत्री हुनुहुन्छ । प्रचण्डका छोरा पनी राजनीतिमै हुनुहुन्छ । धेरै नेताका श्रीमती, छोरी, छोरा, साला, भाञ्जा, भतीजा राजनीतिमा लाग्नुभएको छ र सफलता पनी पाउनु भएको छ । तर राजनीतिक सफलतामा नाताको मात्र भूमिका रहन्न, आफुले पनि केही गर्नुपर्छ । मैले समाजसेवा र राजनीतिमा निरन्तर निर्वाह गरेको भूमिकाकै कारण अहिलेको अवस्थामा आईपुगेकी हु“ । निश्चय नै, गिरिजाप्रसाद कोईरालाजस्तो लोकतन्त्रका लागी सिंगो जिवन अर्पण गरेको नेताको छोरी हुनुमा मलाई गर्व छ ।
Q. प्रधानमंत्रीको काम हेनका लागी तपाईलाई मंत्री बनाईएको हो त ?
A. प्रधानमंत्रीको धेरै ठूलो कार्यभार छ । उहा“ले धेरै विषयहरुमा ध्यान दिन भ्याईरहनु भएको छैन । मैले निश्चय नै ति कामहरु हेर्नुपर्छ र प्रधानमंत्रीको कामलाई हल्का बनाईदिनुपर्छ । म प्रधानमंत्रीलाई सफल बनाउन कटीबध्द रहने छु । अहिले प्रधानमंत्री सफल हुनु भनेको जनता, सिंगो मुलुक र शान्ति प्रकृया सफल हुनु हो । तर्सथ प्रधानमंत्रीलाई सफल बनाउन सम्पर्ूण्ा मंत्रीहरु लाग्नर्ुपर्छ, अहिले पार्टर्ीी भिन्नता राख्नुको औचीत्य छैन । हामीले प्रधानमंत्रीलाई झिना मसीना काममा अल्झन दिएनौं भने उहा“ले संविधानसभा, शान्ति सुरक्षा र तर्राईको समस्यामा ध्यान केन्द्रीत गर्न पाउनुहुनेछ । लोकतन्त्रलाई संस्थागत बनाउन पनि सफल हुनुहुनेछ ।
Q. प्रधानमंत्री कोईरालाको उत्तराधिकारी अब तपाई नै हुनुभयो हैन त ?
A.

हर्ेर्नुस, अहिले यो उत्तराधिकारीको कुरै नगरौं । मान्छेको पहिचान विचार र कर्मले हुने हो । जसले वीपी कोईराला र गिरिजाप्रसाद कोईरालाको विचार बोकेर हिंडछ, उ नै सच्चा उत्तराधिकारी हो । उहा“हरुको विचार बोकेर नहिंडने यदि कोईराला परिवारभित्रै छ भने पनि उ उत्तराधिकारी हुनेछैन । विचार ठुलो कुरो हो, परिवार हैन ।

Q. भन्नाले तपाई नै सच्चा उत्तराधिकारी ?
A.

-मलाई उत्तराधिकारी बन्ने महत्वाकांक्षा छैन । म वीपीको विचार बोकेर हिंडने कार्यकर्ता हु“ । वीपी र गिरिजावावुको विचारलाई सही ढंगले आत्मसात गर्ने, सही व्याख्या गर्ने र त्यसमा कटीबध्द रहने जुनसुकै कार्यकर्ता कोईरालाको उत्तराधिकारी हुनसक्छ । गिरिजा वाबुका उत्तराधिकारीहरु का“ग्रेसमा धेरै छन् ।

Q. गिरिजावावुको विचारलाई सही अर्थमा आत्मसात गर्ने नेताका रुपमा तपाईलाई हेन थालीएको छ नी ?
A.

-गिरिजावावुको विचारप्रति सहमत छु र त्यही विचारलाई लिएर अघि बढेकी छु । काम गर्दा गल्ती पनी हुनसक्छन, तर मैले जानेर कहिल्यै गल्ती गरेको छैन । देश, जनता र पार्टर्ीीे हितका लागी म जहिले पनी कटीबध्द रहने छु ।


 

Q. तपाईको कटीबध्दता अहिले मुल रुपमा केमा केन्द्रीत छ ?
A. निर्धारित मितिमा संविधानसभा निर्वाचन गराउनर्ैपर्छ । तर्राई, जनजाती र अन्य समुदायवीच विभेद र विवादहरु चर्कन थालेका छन् । यसले विखण्डन ल्याउनसक्छ । विवाद बढन नपाओस भन्नका लागी निर्वाचन नै उपयुक्त उपाय हो । संविधानसभापछि बन्ने नया“ संविधानले सबैलाई समेटेर लैजाने छ । मुलुकमा हाल उत्पन्न बहु आयामीक समस्या समाधानका लागी नया“ संविधान निर्माण नै एक मात्र समाधान हो । निष्पक्ष र भयरहीत निर्वाचनको बातावरण बनाउन सरकार, राजनीतिक दल, नागरीक समाज, जनता र पत्रकारहरुको समेत दायित्व हो ।
Q. प्रधानमंत्री कोईरालाको सफलताको पछाडी तपाईको कस्तो भूमिको रह्यो ?
A. -यो त मैले भन्ने कुरा भएन । अरुले विश्लेषण गर्ने कुरा हो । तर, मलाई लाग्छ, प्रधानमंत्रीको सफलतामा म  मात्र हैन, का“ग्रेसका नेता, देशभरका तलदेखी माथिसम्मका कार्यकर्ता, आम जनता, अर्न्तराष्ट्रिय समुदाय र नागरीक समाजको पनि हात रहेको छ । अहिले त गिरिजावावु का“ग्रेसको मात्र नभई सात दलकै र समग्र शान्ति प्रकृयाकै नेता हुनुहुन्छ ।
Q. प्रधानमंत्री कोईरालाको गुण/अवगुण के हुन ?
A.

-हेर्नुस, सबै मान्छे भगवान त हुदैनन । महात्मा गान्धीका पनि कतिपय अवगुणहरु थिए । तर, जोस“ग अवगुणभन्दा बढी गुणहरु हुन्छन, त्यही वाहिर देखीन्छ । धेरै गुणहरुले कम अवगुणलाई छाया“मा पारीदिन्छ । वीपी कोईरालामा पनि अवगुणहरु थिए । तर, उहा“मा यतिधेरै गुणहरु थिए की जसका कारण अवगुणतर्फकसैले वास्तै गरेन । गिरिजावावुमा पनि केही अवगुण छन भने त्यसलाई उहा“का प्रशस्त गुणहरुले छोपीदिएका छन् ।


 

Q. गिरिजावावुका कमजोरीहरु केही छैनन त ?
A. -उहा“का पनि अवगुण नभएको होईन । तर कमीकमजोरी भन्दा पनि उहा“का गुणहरु यतिधेरै छन की म मात्र होईन कुनै पनि कार्यकर्ता ति कमी कमजोरीको चर्चा गर्नै चाहन्नन् । महात्मा गान्धी, नेल्सन मण्डेला, वीपी कोईराला जस्ता नेताहरुको पनि आलोचना गर्नेहरु छन् । किनकी, पर्ूण्ा गुणसम्पन्न भएर सवैलाई खुशी बनाएर कोही पनि हिंडन सक्दैन । अर्को कुरा, काम गर्ने मान्छेबाटै गल्ती हुने हो । काम नगरेर, साहसी जिम्मेवारी नलिएर घरमै बस्ने मान्छेबाट गल्ती नहोला, तर जनताका लागी काम गर्ने मान्छेबाट केही गल्तीहरु हुन सक्छन, तर उसले आफ्ना गुणहरुबाट त्यसलाई सच्याउ“दै अघी बढ्छ । अवगुण त मानवको सामान्य पक्ष्ँ हो, उसमा कती बढी गुण छ, त्यो महत्वपर्ूण्ा हो । गिरिजावावुका देश, जनता र राष्ट्रका लागी धेरै गुण छन्, तर्सथ म उहा“को अवगुणको कुरै गर्न चाहन्न ।
गिरिजाप्रसाद कोईरालाको नेतृत्वमा निर्वाचन होला त -
-जनताको अहिलेको एक मात्र चाहना नै संविधानसभा निर्वाचन हो । यो महाअभियानलाई सफल बनाउन हामी सम्पर्ूण्ा जनता, दल, मंत्रीहरु, प्रशासनीक, न्यायीक र सुरक्षा निकायले प्रधानमंत्रीलाई पर्ूण्ा रुपमा सहयोग गर्नुपर्छ । गिरिजावावुकै नेतृत्वमा निर्वाचन गराउनर्ुपर्छ । अन्यथा भोलीका दिनमा धेरै दर्ुघटनाहरु हुनसक्छन् । उमेर र स्वास्थ्यका दृष्टीले हर्ेदा गिरिजावावु स्वयं पनि धेरै समय प्रधानमंत्री पदमा बस्न इच्छुक हुनुहुन्न । जनताको चाहना बमोजिम निर्वाचनमार्फ मुलुकलाई निकास दिने उहा“को जुन इच्छा हो, त्यो इच्छा उहा“ प्रधानमंत्री भएकै बेला पुरा गर्नुपर्छ । गिरिजावावुको नेतृत्वमा मुलुकले उचित निकास पाउने विश्वास गरिएको छ । उहा“को परिपक्व व्यक्तीत्व छ । उहा“को नेतृत्वमा हुने निर्वाचनले अन्तर्रर्ााट्रय मान्यता पनी पाउनेछ । उहा“ बिना त निर्वाचन हुन निकै गाह्रो पर्नेछ । त्यसैले हामी जतिसक्दो चा“डो निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न कटीबध्द हुनर्ुपर्छ । मलाई पर्ूण्ा विश्वास छ, नेपालमा गिरिजावावुकै नेतृत्वमा संविधानसभा निर्वाचन हुन्छ ।
Q. मधेशमा कसरी निर्वाचन होला त ?
A. निश्चय नै निर्वाचनका लागी धेरै अप्ठयारा र चुनौतीहरु छन् । हामीले बडो सजगता र चुस्तताका साथ निर्वाचनको तयारी गर्नुपर्छ । मधेश, जनजाती, चुरे भावर, लिम्वुवान, खुम्वुवान लगायत सम्पर्ूण्ा समुदायलाई समेटेर निर्वाचनमा जाने वातावरण बनाउनर्ुपर्छ । सवैको समावेशी सहभागीता हुने प्रत्याभूती दिलाएर हामी निर्वाचनमा गयौं भने परिस्थिति सहज बन्नेछ ।
Q. सरकारको नेतृत्व तपाईंले गर्ने, डा. बाबुराम भट्टराईले गर्ने?
A.  
-पार्टर्ीी र स्वयं संविधानले लोकतान्त्रीक संघीय गणतन्त्रको मान्यता अघि सारीसकेको छ । म पार्टर्ीी अन्तरीम संविधान विपरीत जान चाहन्न । गणतन्त्रको कार्यान्वयन गर्ने अधिकार संविधानसभालाई प्रदान गरिएको छ, त्यसैले पार्टर्ीी अन्तरीम संविधानको भावनाको कदर गर्दै हामी संविधानसभाको निर्वाचनमा भाग लिनर्ुपर्छ । जे गर्छ, त्यो संविधानसभाले गर्छ । अन्तीम अदालत त संविधानसभा नै हो नी ।
Q. नेपालमा गणतन्त्र आउने नै भयो हैन ?
A. सेरिमोनीय राजतन्त्र नै भए राम्रो हुन्थ्यो भन्ने मेरो पहिला व्यक्तिगत विचार थियो । तर अब परिस्थिति बदलीएको छ । सवै पार्टर्ीीले गणतन्त्रको निर्ण्र्ाागरिसकेका छन् । संविधानमा लेखीसकेको छ । मलाई लाग्छ, अब गणतन्त्र आउ“छ । संविधानसभाको पहिलो वैठकले त्यसबारेमा निर्ण्र्ाागर्नेछ । यसबारेमा अब अन्यौल केही छैन । चैत्र २८ गते निर्वाचनको मिति तोकिएको छ । तर्सथ यी विषयमा बहस गर्न छाडेर हामी सबै निर्वाचनमै केन्द्रीत हुनर्ुपर्छ । का“ग्रेसले लिने हरेक निर्ण्र्ाा्रति मेरो र्समर्थन रहने छ । पार्टर्ीी गणतन्त्रको निर्ण्र्ाागरिसकेकाले म त्यो भन्दा अलग छैन ।
Q. तपाईले त २०४७ सालको संविधान ब्युंताउनर्ुपर्छ भन्नुभएको थियो नी ?
A.

-मैले केही समयअघि रिपोर्र्टर्स क्लव नेपालमा त्यस्तो धारणा राखेको थिए, तर अब त्यो सर्न्दर्भ पुरानो भईसकेको छ । त्यतिबेला निवर्ँचन हुने अवस्था थिएन, तर अब इतिहासले कोल्टे फेरिसकेको छ । चुनावको मिति तय भईसकेको छ । त्यसबेला जव माओवादीहरुले सात दलस“ग भएका सहमती विपरीत काम गर्न थाल्छन भने नया“ संविधान किन बनाउने - हामीले चा“ही उनीहरुका सबै माग स्वीकार्दै जाने, तर माओवादी पक्ष्ँबाट चन्दा, अपहरण, धम्की र हतियारको दम्भ पर््रदर्शन भईरहने हो भने २०४७ सालको संविधानमा किन नफर्किने भन्न खोजेको थिए“ । संसदवादी दलले आफुमा परिवर्तन ल्याएर संविधानसभालाई एजेण्डा मानेका छन भने माओवादीले पनि आपनो व्यवहारमा सुधार ल्याउने की नल्याउने - मुल प्रश्न यो हो । तर अव निर्वाचनमा जान सवै पक्ष तयार भएकाले हामीले अरु कुरा सोच्नु हुदैन । मेरो एक मात्र ध्येय भनेको संविधानसभा निर्वाचन सफलतापर्ूवक सम्पन्न गर्नु हो ।


 

Q. गृहमंत्री कृष्णप्रसाद सिटौलाको राजीनामाको माग कहा पुग्यो ?
A. हिजो, शान्ति सुरक्षाको अवस्थालाई लिएर मैले गृहमंत्रीको राजीनामा मागेकै हो । तर अव यो सर्न्दर्भ पनि पुरानो भईसक्यो । अब सरकारलाई दोष दिने अवस्थामा म छैन, किनकी म आफै सरकारमा छु । अब म सरकारमै रहेर मुलुकको शान्ति सुरक्षाको अवस्था सुदृढ गराउन गृहमंत्रीलाई घचघच्याईरहने छु । निर्वाचनको मिति निर्धारण भईसकेकाले अव यस्ता विषयलाई उप्काउने काम नगरौं । बितेका तिता कुृराहरुलाई विर्सर्ेेअव हामी देशको सुन्दर भविश्य निर्माणमा जुटनर्ुपर्छ ।
Q. सिटौलास“ग तपाईको मन मुटाव समाप्त भयो हैन त ?
A.
-मेरो उहा“स“ग व्यक्तिगत मन मुटाव नै थिएन । मैले त शान्ति सुरक्षाको अवस्थाप्रति चिन्ता प्रकट गरेको थिए“ । अहिले परिस्थिति फेरिएको छ । अब हामी सबै मिलेर शान्ति सुरक्षाको अवस्था सुदृढ गर्दै निर्वाचनको महाअभियानमा जुटनर्ुपर्छ । कसैको राजीनामा अब मुख्य विषय होईन । निर्वाचन प्रमुख हो । सिटौलाजीस“गको मतभेदको \'च्याप्टर क्लोज\' भईसक्यो ।
Q. मधेशको समस्या चा“ही कसरी समाधान गर्नुहुन्छ ?
A. मधेश लगायत सबै समुदायका नेताहरुलाई मेरो के आग्रह छ भने सवै समस्याको समाधान संविधानसभाबाट खोजौं । त्यसका लागी समावेशी र सहभागीतामूलक परिपाटी बसाउन के गर्ने भन्ने बारेमा छलफल गर्न सकिन्छ । सवै पक्षस“ग वार्ताको माध्यमबाट समस्याको समाधान गर्न सरकार तयार रहने छ । सरकारले कसैलाई पनि उपेक्षा गर्नेछै्रन । आउनुस, वार्ता गरौं, मन माझौं, समाधान खोजौं र निर्वाचनमा जाऔं ।
Read Full Discussion Thread for this article