Posted by: waka January 14, 2008
छोरी सुजातालाई चिठ्ठी
Login in to Rate this Post:     0       ?        


बुढो भए त के भो ,सबैले भन्छन अझै बाबु
म नभए कस्ले राख्न सक्छ  यो देशलाई काबु 
म जे भन्छु ,बिर्सन्छु होश पनि छैन आखिर
मर्नु अघी गर्नै  पर्‍यो नि आफन्तको खातिर

लाउला र खाउलाको बेला दिए उपहार लाउडा
जस्ले जे भनुन  बनाइ दिए अब निकै तगडा
पाउने सधैं चुप ,नपाउनेले नै गर्छन् झगडा
प्रजातन्त्रमा के मज्जा नभए देखी लफडा

छोरी सुजी बौको बिडो मन लगायर थाम 
पायको बेला मिलायर गर्नु पर्छ जे छ हाम
बिरोधिलाई सके सम्म पाखा लगाउन जान
मैले जस्तै आफ्नो को सधैं बढाउनु सान

बुढो गोरुले गाई ओगटे झै पद नछोड्नु
युबा पुस्ताको अघी बढने बाटो छेक्नु
जनता लाटा छन आश्वासअन धेरै बाडनु
जाल झेल जे गरेर पनि सधैं नेता हुनु

डाँडा माथिको जुन म त मेरो अर्ती मान
बुध्धी बिबेकी सँग सधैं हुन नि साब्धान
परे जाकी दिनु लगाएर शक्ती र साधन
जुग जुग टिकी रहोस् छोरी तिम्रो शासन

Read Full Discussion Thread for this article