कहा“ गए सङ्ग्रौला र दीक्षितहरु -
कुरा केही साता पुरानो हो, जतिबेला माओवादी अध्यक्ष्ँ प्रचण्ड र प्रधानमन्त्री कोइराला आप\mना निकटस्थहरूलाई महन्थ ठाकुरलगायतका नेताहरूले मधेसी राजनीतिका नाममा गरेका आ-आफ्ना पार्टर्ीीहिर्गमन भारतीय चालको परण्िााम भएको सन्देश दि“दै थिए । अरू धेरै नेताहरूलगायत प्रचण्ड र कोइराला दुवै जना वर्तमान नेपाली राजनीतिमा भारतको भूमिकाबारे अत्यन्त सशङ्कित छन् । किनभने, भारतले हाम्रा नेताहरूलाई र्सार्वजनिक रूपमा ओढाइदिने गरेको लुङ्गीको दोसल्लाभित्र लुकेर नेपालमा अस्थिरता सिर्जना गर्दै आएको छ भन्ने कुरा अब कसैबाट छिपेको छैन । त्यति बुझ्दाबुझ्दै पनि हाम्रा नेताहरू, खासगरी माओवादीहरू, आफ्ना मागका कारण उत्पन्न गतिरोध मिलेर अन्त्य गर्न सकिरहेका थिएनन् ।
अनि त्यसैबेला भयो, पाकिस्तान टुक्र्याएर बङ्गलादेश निर्माण गर्न, सिक्किमलाई गणतन्त्र बनाएर भारतमा विलीन गराउन र श्रीलङ्काको गृहयुद्ध चर्काउनमा प्रामाणिक रूपमै प्रमुख भूमिका निर्वाह गरेको भारतीय गुप्तचर संस्था 'र' का प्रमुख अशोक चतर्ुवेदीको नेपाल भ्रमण । 'र' का प्रमुख संसद्प्रति जवाफदेही हु“दैनन् र तिनले सीधै प्रधानमन्त्रीस“गको समन्वयमा काम गर्छन् । नेपालविज्ञ मानिने चतर्ुवेदीले भ्रमणका क्रममा प्रधानमन्त्री कोइराला, माओवादी अध्यक्ष प्रचण्डलगायतका नेताहरू तथा सेनाप्रमुख रुक्माङ्गद कटवालस“ग पनि भेटेको बताइएको छ । सबैलाई भेटेर दिनुपर्ने सन्देश दिएर उनी पुस ७ गते स्वदेश फर्किए । अनि, भोलिपल्ट दलहरू महिनौ“देखि पुग्न नसकिरहेको सहमतिमा पुगे ।
सहमतिअगाडि संसद्बाटै गणतन्त्र घोषणा र पर्ूण्ा समानुपातिक निर्वाचन प्रणालीबारेको अडानमा डेग चल्न नमानिरहेका प्रचण्ड चतर्ुवेदीले हानेको कूटनीतिक चड्कनपछि दुवै अडानमा सम्झौता गर्न राजी भए । गणतन्त्र घोषणाबारे उनी काङ्ग्रेस र एमालेकै पुरानो प्रस्ताव अर्थात् संसद्बाट गणतन्त्र घोषणा गरेर संविधानसभाको पहिलो बैठकले त्यसलाई अनुमोदन गर्ने र्सतमा सहमत भए र निर्वाचन प्रणालीका हकमा पर्ूण्ा समानुपातिकको माग त्यागेर ५८ प्रतिशत समानुपातिक हुने कुरामा राजी भए । दलहरूले पछिल्लो सहमति आफ्नै क्ष्ँमताको कमाल हो भनेर जतिसुकै डम्फू बजाए पनि त्यसमा 'र' का प्रमुखको भूमिकाबारे अब कुनै अन्योल रहेन । आफ्नो सक्रियतामा दिल्लीमा भएको १२ बु“दे सहमतिलाई निर्ण्ाायक विन्दुमा पुर्याउन नसके त्यो आफ्नो नेपाल नीतिको विफलता ठानिने कुराबाट भारत चिन्तित छ । त्यसै भएर चतर्ुवेदी स्वयम् नेपाल भित्रिएका हुन् ।
हाम्रँ नेताहरूले भारतले उनीहरूलाई वेश्यासरह व्यवहार गररिहेको छ भन्ने नबुझेका होइनन् । तैपनि, छोराछोरीहरूलाई भारतीय दूतावासबाट प्राप्त हुने छात्रवृत्तिदेखि भारतको निगाह भएमा मात्र सत्ता प्राप्त हुनसक्छ भन्ने आशा र लालसामा उनीहरू नराम्ररी गा“जिएका छन् । यद्यपि, तिनलाई दिल्लीद्वारा सञ्चालित राजनीतिक वेश्यालयबाट कसैले उद्धार गर्न सक्छ भने त्यो सम्भवतः हाम्रै तथाकथित नागरकि समाजले मात्र सक्छ । सकारात्मक होस् या नकारात्मक, वर्तमान राजनीति र नेपाली समाजको प्रकृतिमा हाम्रँे नागरकि समाजका सदस्यहरूले ठूलो प्रभाव पारेका छन् । तिनले लेखेका र बोलेका कुराहरूले जनमत र नेताहरूको दृष्टिकोण निर्माणमा महत्त्वपर्ूण्ा भूमिका निर्वाह गरेको देखिन्छ ।
तर, दुःखको कुरा के भने यस देशले बेहोररिहेको दर्ुगन्धको एउटा प्रमुख स्रँेत दिल्लीले सञ्चालन गरेको राजनीतिक वेश्यालय हो भन्ने बुझ्दाबुझ्दै पनि हाम्रा नागरकि समाजका सदस्यहरू त्यसका विरुद्ध खरो रूपमा उत्रिन सकिरहेका छैनन् । किन ती नेताहरूलाई दिल्लीको दास नबन्न दबाब दिन सक्दैनन् - किन ती नेपालले गत ५० वर्षा बेहोरेको अस्थिर राजनीतिको पीडा ठूलो हदसम्म हाम्रँ नेताहरूको दिल्ली दासताको नतिजा हो भन्ने बुझ्न सक्दैनन् - किन ती दिल्लीको आचरणका विरुद्ध जमेर लेख्न र बोल्न सक्दैनन् -
यी प्रश्नहरू गर्दा नागरकि समाजका मेरा श्रद्धेय अग्रजहरूले भन्नेछन्- त्यसबारे हामीले लेखेकै/बोलेकै छौ“, तिमीजस्ता छद्मभेषी हुतिहाराले हामीलाई सिकाउनुपर्दैन । तर, 'ज्ञानेन्द्र शाहा' का विरुद्ध हरेकपल्ट राइफल पड्केजस्तो पड्किने, सबै विसङ्गतिका विरुद्ध तीखो वाण प्रहार गर्नसक्ने खगेन्द्र सङ्ग्रौला चतर्ुवेदी-प्रवृत्त दिल्लीको चाल र त्यसैमा नाच्ने हाम्रा नेताका तालबारे किन बोल्दैनन् - शाहीकालमा 'ज्ञानेन्द्र राजा' का शक्तिशाली जनरलहरूलाई समेत ठाडो चुनौती दिन नडराउने कनकमणि दीक्षित किन हाम्रो राजनीतिक समस्याको एउटा मूल पाटोमा प्रवेश नै गर्न चाह“दैनन् - कहा“ गए सीके लाल, कुन्द दीक्षित - कहा“ गए नारायण वाग्ले, प्रतीक प्रधान, युवराज घिमिरे, कृष्ण ज्वालाहरू - एकाध व्यक्तिको प्रयासले मात्र केही हुनेवाला छैन । गणतान्त्रिक नेपालमा देशको सारा समस्याको समाधान देख्ने गगन थापा, नरहर िआचार्य, कृष्ण पहाडी, देवेन्द्रराज पाण्डेहरूले के देशमा गणतन्त्र आएपछि चतर्ुवेदीजस्ता 'र' का खेलाडीहरूले आफूले सञ्चालन गररिहेको वेश्यालय बन्द गर्लान् भन्ने सोचेका छन् - नियमित लेखनी र भाषणका क्रममा लेखिएका र बोलिएका एकाध प्रसङ्गहरूलाई उल्लेख नगरौ“ यहा“ । यो नेपालका लागि अचेल नेताहरूले हरेक दिन घोटेर पिलाउन खोजेको 'सङ्घीय लोकतान्त्रिक गणतन्त्र' भन्दा धेरै गुणा बढी महत्त्वपर्ूण्ा विषय हो ।
हामीले बुझ्नुपर्यो, र्सार्वजनिक रूपमा हामीलाई दोसल्ला ओडाए पनि त्यसको आवरणभित्र बसेर दिल्लीका बुज्रुकहरूले हाम्रँ राजादेखि नेतासम्म सबैलाई बारम्बार राजनीतिक करणी गरेका छन् । स्वार्थसिद्ध हुने आशामा ती सबैले करणीलाई बाध्यताको परण्िााम भन्दै निर्लज्ज स्वीकारेका छन् । बाध्यताका नाममा तिनले पीडा पचाइसके, लज्जा गुमाइसके । त्यसैले, राजदूतको दर्शन गर्न दूतावास धाउ“दा होस् वा छोराछोरीलाई छात्रवृत्तिका लागि बिन्तीभाउ गर्दा होस्, तिनको स्वाभिमान गिर्दैन । तर पनि, ती हाम्रा नेता हुन्, नेपाली हुन् । तिनलाई ठीक बाटोमा ल्याउने जिम्मा हामी नेपालीकै हो ।
जसरी हाम्रो नागरकि समाजले निरन्तरको दबाबद्वारा राजा ज्ञानेन्द्रलाई जनतामाथि राजनीतिक करणी गर्नबाट रोक्नमा महत्त्वपर्ूण्ा भूमिका निर्वाह गर्यो, त्यसैगरी त्यही नागरकि समाजले हाम्रँ नेताहरूलाई दिल्लीले गररिहेको राजनीतिक करणीबाट बचाउन निरन्तर प्रयास नगर्ने हो भने नया“ नेपालको हाम्रँे सपना कहिल्यै साकार हुने छैन । हामीले बुझ्नुपर्यो, नारायणहिटी दरबारभन्दा दिल्ली दरबार नेपालको भविष्यका लागि सधै“ बढी घातक हुनेछ । तर, अफसोच † हामी नारायणहिटी दरबार भत्काएर त्यसका ठाउ“मा दिल्ली दरबार निर्माण गररिहेका छा“ै । -मनुज चौधरी
I pulled my hair again with this statement from the communist aka Nagarik Samaj member:
अन्त्यमा भन्नुस् त, पृथ्वीनारायणले एकीकर ण नगरिदिएको भए हाम्रो अवस्था अहिलेकै जस्तो हुन्थ्यो होला -
उनले एकीकरण नगरेको भए हाम्रो अवस्था यसभन्दा राम्रो हुन्थ्यो कि - उनले केही नगरेको भए अझ बढी राष्ट्रवादी र प्रजातान्त्रिक कदमहरू पो चालिन्थे कि -
मल्ल के सुन्दर