Posted by: Echoes January 11, 2008
युनिकोड कन्भर्टर - नयाँ भर्सनलाई रिलिज
Login in to Rate this Post:     0       ?        

सबैलाई नमस्ते ।

तपाईंलाई थाहा भइसक्यो होला, हामीले युनिकोड नेपाली कन्भर्टर र सम्बन्धित साधनहरुको नयाँ भर्सनलाई रिलिज गरेका छौं । यो नयाँ भर्सनले युनिकोड नेपालीमा अझ बढी लेख्न तपाईंलाई अझ सजिलो हुने छ भन्ने हामीलाई आशा छ ।  

हामीलाई बिगतमा धेरै प्रयोगकर्ताहरुले आ-आफ्नो वेबसाईटमा पनि कसरी युनिकोड नेपालीमा टाईप गर्ने सुबिधा राख्न सकिन्छ भन्ने जिज्ञासा राख्नुभएको थियो । तपाईंहरु मध्ये कतिपयलाई थाहा पनि होला, त्यो अनुरोधलाई पुरा गर्ने एउटा व्याबहारिक समाधानको बिकासमा हामीले बिगत केही समयदेखी काम गर्दै आएका थियौ । हामीलाई यो जानकारी दिन खुशी लगेको छ कि यो नयाँ भर्सनको रिलिज सँगै, अब तपाईंले पनि आफ्नो वेबसाईटमा सजिलै सँग युनिकोड नेपाली टाईप गर्ने सुबिधा राख्न सक्नु हुने छ । त्यस्का लागि www.unicodenepali.com मा गएर त्यहाँ उल्लेखित तीनवटा सरल स्टेपहरुलाई फलो गर्नुहोस् ।

अघिल्ला भर्सनहरुनै मन पराउने प्रयोगकर्ताहरुको लागि ती भर्सन हरु www.unicodenepali.com मा अझै उपलब्ध छन् ।

धन्यवाद र नयाँ बर्षको धेरै शुभकामना ।

- युनिकोड नेपाली कन्भर्टर प्रोजेक्ट टोली ।   

Read Full Discussion Thread for this article