अौ देशलाई भाग-बन्डा लगाम
टुक्रा-टुक्रा पारी सबलाई बाडम
स्याल गिद्धले धेरै भो कराएको
भडुवाले धेरै भो दाउ थापेको
नेपाल आमालाई नाङो पारौ
सबै मिली पालैपालो लुटौ
कहिले जातिय भेदको नारामा
कहिले तराइ पहाडको नाममा
देशलाई अब बिभाजन गरौ
किनकी,
हामीलाई कहिले टनकपुर दुखेन
अब सुस्ता के दुख्ला
हामीलाई कहिले कोशी बिझेन
अब दश गजा के बिझ्ला
बुद्ध फल्ने माटोमा
युद्ध फले पछी
शान्ती फुल्ने बाटोमा
बारुद डुले पछी
निस्ठा र कर्तब्य बिर्सेंका बिदुरहरु
निती भन्दा नाता
दर्शन भन्दा भाषाण
देश भन्दा पद
प्यारो ठान्छन
अभिमनी दुस्शासनहरु
बोली भन्दा गोली
बिकास भन्दा बिनास
माया भन्दा क्रुरता
द या भन्दा हत्या
राम्रो मान्दछन
र हामी
आर्काको बुइ चढेर देशको उचाइ नाप्नेलाई
देशको पसिना बिदेशमा थुपार्नेलाई
नेता भनि सम्मान दिन्छौ
देश हाँक्ने जिम्मा दिन्छौ
बरु उनिहरुलाई खुशी पार्न
अौ देशलाई भाग बण्डा गरी दिउ
अौ नेतालाई देशै बेच्न दिउ