Posted by: somewhereondearth January 10, 2008
पृय तिमीले यो पत्र नपायेपनि!!!!!!!!!!!!!!!!!!!!
Login in to Rate this Post:     0       ?        

म पनि अहिले अंध्यारोमा नै छु । जिन्दगिका मीठा, मसिना गन्थन सम्झिदै, संगाल्दै । माया-कस्तो शब्द होला यो, अपार  । बानि, लत के  हो के हो । एक पलमा एक ठाउंमा होइन्छ, अर्को पल मा कहाँ कहाँ ।।।

".....त्यसैले जब जब तिमी बोल्थ्यौ म सुनिरहन्थे । जब जब तिमी चुप हुन्थ्यौ म मौनता बिचमा तिम्रा शब्दहरु केलायीरहन्थे , निफनिरहन्थे बारम्बार‍ , अनि त तिम्रा शब्दहरु साचा लाग्थे ,आफ्ना लाग्थे । अनि म सारान्श निकाल्थे त्यति धेरै काटेका पलको माया साच्चै नै बानि हो ....। " कति साधारण र सरल हरफमा संसार पोख्नु भएको । मलाई थाहा छैन, तपाईको लेखनले तपाईलाई कहां पुर्याउछ, यो साझाको आंगनबाट उठाएर, तर एउटा कुरा आज भन्न सक्छु, तपाईले माया भिजेर गर्नु हुन्छ, गहिरो गरि,  ।  सम्बन्धको यति मीठो र आत्मिय बयान छ, कस्तो होला तपाई र तपाईका सम्बन्धहरु ।।।

जसको कल्पनाले तपाईलाई यस्तो लेख्न प्रेरित गर्छ, वहां संगको सम्बन्ध पक्का पनि धेरै नै , धेरै नै गाढा हुनुपर्छ( बास्तविकता, कल्पना जे भएपनि ।)

यस्तो भावना टाँसिदिनु भएकोमा धन्यबाद,

somewhereondearth..... === Sojho_Jhapali

Read Full Discussion Thread for this article