Posted by: sajhabusaima January 9, 2008
तराई युद्धले ळेखाएको काहानि
Login in to Rate this Post:     0       ?        

हिउद को महिना छ रामकुमार दाजु अनि हरिहर दाहाल का साथमा म हिडद्छु एक बिहानै, एउटा आइनजियो को मोटर मा ठोरि को यात्रा द्रहो मुटु बनाउदै आमा सँग मन मनै जिउदैं फर्कने बाचाका साथ, काहानि करिब १० साल अघिको, त्यति खेर ठोरि को कुरा कमै समाचार सम्म आइपुग्ने गर्दथ्यो। सयौ काहालि लाग्दा कथा हरु सुनेको थिए २२औं बसन्त पार गर्दा सम्म, अनि बच्चामा चौधरि गाँउको बिचमा घर भएको ले गर्दा होला भिखोना ठोरिमा लाग्ने मेलाको ठुलो चर्चा हुन्थ्यो र त्यहाँ हुने हत्या, हतियार को किनबेच र किडनाप का घटना बात प्रभावित नभए पनि भग्तभोगि हरुका व्यथा सुनेको थिय अनि त्यसमाथि पनि राजनैतिक माहोला मा हुर्किएकाले पनि होला पञ्चायति शोसक बाट लुक्न र टाढा जान नसक्ने हरुका लागि नरकटियागञ्ज एउटा बिकल्प थियो पञ्चायति कालमा।एकातिर बिरगन्ज मा दिनदाहडै मानिस अपहरण त देखैकै पनि थिए अनि पोखरिया थाना त यसको लागि प्रख्यातनै थियो हामि बच्चाहुदा देखी नै।

चिने जाने का धेरै जना ले आपत्ति जनाए बेकार मा रिस्क उठाएको किना जान लागेको भनि , तर बाँकि केहि ले अमलेखघञ्ज आर्मि बारेक हुदै जान सल्लाहा दिएका थिए जबकि लाखौं मानिस बस्ने ठोरिका लागि त्याँहा भर्खरै मात्र बस हिडने वाटो बनेको थियो भन्दा हुन्छ तथापि फाट् फुट् बस ट्रक हरु ले ठोरि को चक्कर लगाउथे पहिला पनि।

गाडि का चालक थिए काभ्रे का तरुण खरेल र मानिस पनि तरुण नै थिए दरिलो साहास का साथ भने “कता आर्मि को चाकडि गर्न जाने बाटो दे भन्दै हरिहर सर यहि बाटो लागौं” भने अनि हरिहर दाहाल हाम्रा टुर का बुढा पक्का मान्छे अनि एउटा अमेरिकन प्रोजेट का क्षत्रका लागि ठोरि शिक्षित बनाउन खटिएका हाकिम तर उमेर ले जवान नै थिए अनि राम कुमार दाइ जिळ्ला बिकास का कारिन्दा ।अब कुरा तय भयो हामि गन्डक को किनारै किनार लाग्ने तर सबैका मन मा भय र त्रास ले राज गरेकै थियो। त्यसको कारिब साता अघि बिरगञ्ज को रानिघाट मा डाँकाहरुले मोटरसाइकल र नगद गरगहना साथ सामान लुटर हत्या गरेका थिए एक पाहाडिया मुलका मान्छेको । त्यस्तै पोखरिया थानामा बिरगञ्ज बाट गएकाहरु को  मोटरसाकल लुटेर रितो हात पठाएका थिए। त्यस्तै छिमेकि जिल्ला बारा को परवानि पुर मा पनि डाकाँ हरु ले गाँउले माथि हमला गरेका थिए।

पोखरिया थाना पुग्नु भन्दा अगाडि हामि ले ठोरि जाने बस भेट्यौं, खुसि का लहर हाम्रा अनुहार मा छाए केहि पल का लागि। अनि हरिहर सर ले धेरै बर्ष अगाडि मधुबन को यात्रा सुनाउनु भो जसमा डाँकाहरुले उहाँहरुले लगाएको कट्टु र मोजा छोडेर उहाँ र उहाँ को बुबाको सबै सामान लुटेर लगेका थिए , उहाँ दुइलाई रूखमा बाँधेर   । तर उहाँको बुबाले मोजा र कट्टुको तुनामा हालेर भित्र राख्नु भएको पचास रुपयाँ ले आफन्त का भन्दा पथलैया मात्र पुर्याएन घर सम्म पुर्यायो। उहाँको यस्तो काहानि सुनेपछि हामि सबैले जे जति थिए सामान सबै कट्टु र मोझा मा घुसारौं (गरगहना र घडि त कसैले पनि लगाएका थिएनौ यहि डरले) र पानि ले पाइन्ट र जुत्ता भिजायौ र बालुवा मा दल्यौ तर जुत्ता का साथ मा पैसा पनि नुहाउन पुग्यो। ठोरि पुगौला र पैसा सुकौंला भन्ने कुरा भयो हामि ले आधिबाटो काटि सकेका थियौ।

दुइ तर्फ का काहालि लाग्दा जंगल अनि सानो बाटो, हरेक ५ मिनेट मा आउने खोला र बगर ले ले डाँका सँग भेट भए जस्तै बनाइ सकेको थियो। त्यसमाथि बेला बेला मा बालुवा मा फस्ने त्यो थोत्रो गाडि, हिउदमा चल्ने हावा ले बज्ने साल का रुख हरु अनि चराका आवाज हरुले पनि हाम्रो बोल्ने शक्ति लाइ लुटि सकेका थिए, बाँकि थियो त केबल मुटुको ढुक ढुकि।न त बाटा मा कुनै मानिस धैकिए न त कुनै बस , ट्रक नै मिले मिले त केबल जिब जन्तु । करिब ३५ मिनेट हिडे पछि खोला का किनार मा दशगजा क्षेत्र देखा पर्यो, हामि खुसि हुदैं भन्यौ अब हामि बाचियो यो काहालि लाग्दो यात्रा बाट। अब जिबन मा यो बाटो फर्कन नपरेनि हुनेथ्यो भन्ने मलाइ मात्र होइन ठोरि बिकास का लागि हिडेका का राम कुमार दाइ र हरिहर दाहाल को अनुहार मा प्रष्ट सँग देख्न सकिन्थ्यो।  अगाडि बढ्दै थियौ, अनयास हावा मा गोलि चलेको आवाज सुनियो हरिहर सरले गडि रोक्न भने। हामि गाडि बाट झरेर झाडि मा लुक्यौंउ , ज्यान जोगाउन, किनकि गाडिमा रहेका हरिहर सर का सामान, राम कुमार दाइ सामान अनि त्यो थोत्रो गाडि भन्दा ज्यान धेरै प्यारो थियो।हामि सबैले  सबैले जप्न लाग्यौ आफ्नै देबि गढिमाइ, चुरिया माइ र  बिन्धबासिनि साथ मा बाबा पशुपति नाथ। सबैका आँखा बन्द थिए तर १०- १५ मिनेट सम्म पनि चल पल नभए पछि ऊठे तरुण जि र चिहाए, केहि देखिएन हामि पनि गाडि मा फर्कयौ।न कसैको बोलि फुटेको थियो न कसैले कसै सँग बोल्ने पर्यास नै गर्यौ । हरिहर जि ले गाडि अगाडि बढाउनुभो तरुण जि अगाडि  को सिट मा म र राम कुमार दाइ पछाडि अनि पछाडि दुइजना ठोरिबिकास मा हिडेका दाजु हरुका सामान।आँसु ले रसाएका आँखा मिच्दै ५ मिनेट अगाडि पुग्न के भ्याएका थियौ त बस का यात्रु हरु रुदै कराउदै थिए,कामिरहेका थिए बोल्न कसैको बोलि फुटिरहेको थिएन ।एक छिन सम्म त निरह भएर हामि हेरि रहौं तर ३ जना बेहोस मानिस लिएर हरिहर दाहाल र तरुण जि निक्लनु भो ठोरि मा भेटने बाचाका साथ। हामि बस मा खादियौं अरु सँग । बसमा सबै कुरा लिटिएको रहेछ, यात्रु देखि लिएर चालक सम्म को ।

continue..........

 

Read Full Discussion Thread for this article