हो हो थुल्ननी, त्यो म्याड्डीको आँखा फुटेकै हो। बडो मलाई आँखा तर्दै थ्यो, मैले तात्तातो झीरले स्वाsssssssssssssईँअँ पारेर आँखा झिकेर हातमा राख्देको। अनि तिमीलाई कसरी देखोस्। यो मुन्छेले खेँ खेँ गर्यो की मेरो कम्फरा तातेर १२० पुग्छ। अहेव हुम् भन्छ, हेल्थपोस्टमा नबसेर जतिखेर नि गाउँ डुल्दै गामका चेलीबेटी सँग मस्किँदै हिन्छ। फेरि अस्ति त्यै धुर्वेकी स्वास्नीलाई पानीको किटाणुमार्ने निर्मल चक्की भनेर कोमल चक्की दिएछ। बर्खामास खोल्साको पानी यसै पिउन नहुने हुन्छ के रे। अन्त्याँसी धुर्वेका बुढा-बुढीले त्यै कोमल चक्की पानीमा हालेछन्। पानीमा हाल्ने बित्तिकै त गुजुजुजुजुजुजुजुजुजुजु फीँज आएर अम्खोरा भरिएछ। हो त हो, किराहरु मरेर फीँज निस्केको होला भनेर दङ्ग पर्दै त्यै पानी पिएछन्। पिएको एकैछिनमा त दुबैलाई दोहोरा भएर हस्पिटल दुकुराउन परो नि। अझ यो अहेव भनाउँदोले " हँ, जो छ सब चक्की छ, एक छ। उसमे फेरक छेन, हुजुर।" भन्दै थियो रे। यामे र झिल्केले उत्तिखेरै यसको बाजा बजाउन खोजेका थे। मैले भैगो बिचरा एक्लै छ, बरु एचए सापलाई भनेर जुम्ला तिर सरुवा गर्दिए त्याँ क्यै चक्की नि पुग्दैन। अनि आफै फापरको चक्की खाँदै बस्छ भनेर बचाएको। फेरि उसैको माथि सम्म लहरो रे'छ। यसलाई निकाल्न एचएसा'पको नि केही चलेन। बडो साधु बनेर मीठो बोल्छ, तर मनमा यसको धेरै कपट छ है। बिचार गरिराख।
हाउँरो बिस्टेलाई त हिजो राति ३ बजे तिर त्याँ छापाको चौतारी तलतिर बाटो मुनि उन्योको झ्याङमा लडिरा'को देखेको थेँ त। आँफै पनि तल-माथि गर्दै हिनेको, उठाएर घर सम्म लैजाने आँट आएन। अनि आफू पनि यैँ चौतारीमा लडेछु, बिहान जुरुक्क उठेर हेर्छु त बासै चौतारीमा भएछ।